मंगलबार, वैशाख १६, २०८२

धान खेतमा बजार विस्तार

व्यापारीले त्यही साना घर टहरामा दोकान राखेर सामान बिक्री गर्दै आएका थिए। झिवाखोला बजार भर्खर भर्खर मध्यपहाडी लोकमार्गले जोडिए पनि यातायातका साधान भने चलेका थिएनन्। निसीखोलाको तटीय क्षेत्रमा मात्रै घर थिए। माथिल्लो भाग सबै धान खेत थियो। तर, अहिले धान खेतमा ठूला–ठूला पक्की घरले भरिएका छन्।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

बागलुङ- 'अहिले घर बनेका सबै ठाउँमा धानखेत थियो, यस्ता ठूला घर बनेकै थिएनन्, मोटर गाडी केही पनि आउँदैनथ्यो, व्यापारीले घोडा खच्चडमा सामान बोकेर ल्याएर बेच्ने गर्थे, अहिले त्यस्तो सुनसान ठाउँ बजार भयो, धान फल्ने खेतभरी घर बने', निसीखोला गाउँपालिका–४ झिवाखोलाका का ७० बर्षिय भीमलाल रेग्मीले १२ वर्ष अगाडिको स्मरण गरे।

झिवाखोला बजार एक दशक अगाडिसम्म रेग्मीले भने जस्तै सुनासन थियो। स–साना काठ, माटो र ढुङ्गाले बनेका घर थिए। व्यापारीले त्यही साना घर टहरामा दोकान राखेर सामान बिक्री गर्दै आएका थिए। झिवाखोला बजार भर्खर भर्खर मध्यपहाडी लोकमार्गले जोडिए पनि यातायातका साधान भने चलेका थिएनन्। निसीखोलाको तटीय क्षेत्रमा मात्रै घर थिए। माथिल्लो भाग सबै धान खेत थियो। तर, अहिले धान खेतमा ठूला–ठूला पक्की घरले भरिएका छन्। 

रेग्मीले झिवाखोलाले छोटो समयमा मुहार फेरेको बताउनुभयो। 'यो ठाउँमा यति धेरै विकास होला भन्ने मैले कल्पना पनि गरेको थिइन, हामी गाउँले परिवेशमा जन्मे, हुर्केको मान्छे अहिले यस्तो विकास देख्दा खुसी लाग्छ', उनी भन्छन्, 'पहिले एउटा गतिलो पसल नभएको ठाउँमा अहिले जे भन्यो त्यही सामान पाइने ठाउँ बन्यो, गाउँलेलाई पनि सुविस्ता भयो।

उनले लोकमार्गले झिवाखोला बजार नजोडिँदा यहाँ खेतको मूल्य निकै कम पर्ने गरेको सुनाउँदै अहिले मूल्य आकासिएर छोइसक्नु नभएको बताए। रेग्मीले सडकले जोडिएपछि गाउँमा उत्पादन भएका वस्तुलेसमेत बजार पाउन थालेको बताए। मध्यपहाडी लोकमार्गसँगै अहिले गाउँ–गाउँमासमेत मोटरबाटो पुगेको भन्दै सडकले हरेक काममा टेवा पुर्‍याएको उनको भनाइ छ।

'अहिले यस्तो बजार बन्दो रहेछ। उतिबेला ५०-६० हजारमा बेचियो, उतिबेला नबेचेको भए अहिले करोडौँ पर्दोरहेछ', रेग्मीले भने, 'जे होस सडक आएपछि हामीलाई धेरै फाइदा पुर्‍याएको छ, गाउँमा फलफूल उत्पादन भएपछि यहाँ ल्याएर बेच्न सजिलो भएको छ, पहिले त गाउँमै खानेसक्ने हुन्थ्यो, अहिले दुई-चार पैसा भए पनि आम्दानी भयो।'निसीखोला गाउँपालिकाकै सबैभन्दा ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको यस बजारमा अहिले तीव्र गतिमा भवन बनिरहेका छन्।

Metro Mart
worldlink

पछिल्लो समय दैनिक किनमेल गर्नेकोसमेत चाप बढ्दै गएको स्थानीय व्यापारी विष्णु पौडेलले बताए। पछिल्लो समय बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउनेको सङ्ख्या पनि बढेको पौडेल बताउँछन्।

'अहिले झिवाखोला बजार क्षेत्रमा मान्छेको भीडभाड बढ्न थालेको छ, किनमल गर्नेदेखि लोकमार्ग हुँदै रोल्पा रुकुम जाने दैनिक यहाँ आउने गर्छन्, पहिलेको तुलनामा व्यापार पनि केही बढेको छ', पौडेलले भने, 'पछिल्लो समय यहाँ वरपर घर घडेरी किन्ने र बाहिरी ठाउँबाट बसाइँसराइ गरेर आउने पनि बढेका छन्, सडक नआउँदा यहाँका मान्छे आफ्नो जग्गा जमिन बेचेर तराई झर्थे, अहिले बाहिरी मान्छे यहाँ आएर बस्न थालेका छन्।'

पूर्वी रुकुम र रोल्पाको प्रवेशद्वारका रुपमा रहेको झिवाखोला व्यापारिक केन्द्रका रुपमासमेत विकास हुँदै गएको छ। विकासका हिसाबले अझै पूर्वाधार निर्माण हुन बाँकी रहे पनि बसाइँसराइ रोकिएको र बाहिरी मानिसको आकर्षण बढेको स्थानीय चेतराम भुषालले बताउनुभयो। उहाँले लोकमार्गले गर्दा सहर बजारको केही सुविधा यहीँ पाउन थालेपछि गाउँबाट यहाँ झर्नेहरु बढेको उनको भनाइ छ।

'यो ठाउँ रोल्पा रुकुमको प्रवेशद्वार भएको हुँदा आवतजावत गर्ने मान्छेहरुको भीडभाड बढेपनि यहाँ अझै राम्रो स्वास्थ्य उपचारको सुविधा छैन', उनले भने, 'ठाउँ साँघुरो भए पनि बजार विस्तार भएको छ, विकासलाई रोकेर रोकिने रहेनछ।'  स्थानीय देवीकुमारी पौडेलले बजार ठूलो बन्दै गएपछि उपभोग्य सामान नजिकबाट किनमेल गर्न पाइएको बताउँछन्। 

उनले लोकमार्गका कारण झिवाखोला बजारको मुहारै फेरिएको बताउँछन्। 'हामी सानो हुँदा यो ठाउँ सुनसान थियो, खोलाको किनार छेउमा स–साना घर थिए, अहिले ठूला बजारमा जस्तै घर भवन बने, ठूला–ठूला पसल पनि यही खुले', पौडेलले भने, 'पहिले यहाँ सामान पाइएन भने बुर्तिबाङ बजारमै पुग्नुपथ्र्यो, अब सुबिधा भएको छ।'


प्रकाशित: Oct 18, 2022| 22:00 मंगलबार, कात्तिक १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।