काठमाडौं- नयाँ ब्रोकर कम्पनीको लाइसेन्सका लागि ४५ वटा निवेदन परेको छ। नेपाल धितोपत्र बोर्डका अनुसार नयाँ ब्रोकर कम्पनीको लागि आवेदन दिने अन्तिम समय सोमबार (आज)सम्ममा ४५ कम्पनीको आवेदन परेको हो। बोर्डले ३० दिनको म्याद राख्दै नयाँ ब्रोकरका लागि आवेदन माग गरेको थियो।
बोर्डका अनुसार ४५ वटा निवेदनमध्ये डिलरसहितको ब्रोकरको लागि आवेदन दिने कम्पनीमा भने नबिल सेक्युरिटिज एक्लो छ। नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजले डिलरसहितको ब्रोकरका लागि आवेदन दिएको हो। सो कम्पनीको चुक्तापुँजी एक अर्ब ५० करोड रहने जनाइएको छ।
त्यस्तै आवेदन परेकामध्ये ६० करोड चुक्तापुँजीसहितको ब्रोकर कम्पनीको लागि मेगा स्टक मार्केट (मेगा बैंकको सहायक कम्पनी) सेन्चुरी बैंक र हिमालयन ब्रोकरेज (हिमालयन बैंकको सहायक कम्पनी)ले आवेदन दिएका छन्। आवेदन दिने कम्पनी अधिकांश वाणिज्य बैंकका सहायक कम्पनी हुन्।
यी कम्पनीले दिए आवेदन