काठमाडौं- नेपाल ल्युब आयल लिमिटेडले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सो कम्पनीको ३१ औं वार्षिक साधारणसभाले अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको छ।
कम्पनीद्वारा यस साधारणसभामार्फत सेयर धनीहरूलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको उल्लेखनीय वृद्धि र लाभांस वितरणको सेयरधनीहरूले खुला प्रशंसा गरेका छन्। सो सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य सेयर धनीहरूको उपस्थिति थियो। कार्यक्रममा ८१.२५ प्रतिशत सहभागी थिए।
बैठकपछि कम्पनीको कार्यसम्पादनबाट सेयरधनीहरू निकै खुसी भएको कम्पनीले जनाएको छ। नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरणसमेत गर्छ। गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्रान्डिङ साझेदारीमा म्याकल्यारेन रेसिङ कार र चेन्नई सुपर किङ जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसँग रहेको छ। त्यस्तै गल्फ लुब्रिकेन्टस् नेपालको समेत मुख्य रूपमा रुचाइएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्रान्डका रूपमा चिनिन्छ।