मंगलबार, असार ३१, २०८२

दराज क्लब सुरु

अनलाइन बजार दराजको नयाँ मेम्बरशीप प्रोग्राम दराज क्लब शुरू भएको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं- अनलाइन बजार दराजको नयाँ मेम्बरशीप प्रोग्राम दराज क्लब शुरू भएको छ। यो नयाँ सुविधा मार्फत ग्राहकहरुले दराज एप मार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् भने ग्राहकहरुले दराज एपमा प्रत्येक खरीदारी पछि जेम्स कमाउन सक्ने पनि कम्पनीले जनाएको छ।  

दराज क्लबको सदस्य बनेर ग्राहकहरूले उच्च जेम्स रिडेम्पशन, थप पुरस्कार र विशेष भाउचरहरू लगायतका अन्य फाइदाहरू प्राप्त गर्नेछन्। यी सुविधाहरू मार्फत, ग्राहकहरूले आफ्ना अर्डरहरूमा अतिरिक्त छुट प्राप्त गर्न र थप बचत गर्न कम्पनीको भनाइ छ। दराज क्लब आईओएस र एन्ड्रोइड दुबै प्लेटफर्ममा उपलब्ध छ। नयाँ सुविधा प्राप्त गर्नको लागी ग्राहकहरुलाई आफ्नो दराज एप अपडेट गर्न कम्पनीले अनुरोध गरेको छ। क्लबमा सामेल हुनको लागि ग्राहकहरूले डिसेम्बर ३१, २०२२ सम्म कम्तिमा २५०० जेम्स सङ्कलन गर्नुपर्नेछ। जेम्स दराजमा किनमेल गरेर कमाइने कम्पनीको भनाइ छ।

डिसेम्बर ३१ पछि, क्लबमा सामेल हुन आवश्यक पर्ने जेम्सहरुको न्यूनतम संख्या ३५०० मा बढाइनेछ र दराज क्लबका सदस्यहरूले मात्र चेकआउटको समयमा छुटका लागि रत्नहरू प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।


प्रकाशित: Oct 17, 2022| 16:48 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्