काठमाडौं- राकुटेन भाइबरले लगातार दोस्रो वर्ष पनि विश्वकप क्रिकेट क्याम्पेन सार्वजनिक गरेको छ। विगत दुई वर्षयता राकुटेन भाइबरले क्रिकेट जगतलाई निरन्तर साथ र सहयोग गर्दै आएको छ।
तर, यस वर्ष क्रिकेट उत्सवलाई अझ उत्कर्षमा पुर्याउँदै राकुटेन भाइबरले क्रिकेट फ्यानहरूका निम्ति क्रिकेटको माहोललाई थप सानदार र रोमाञ्चक बनाउने भएको छ।
आफ्नो क्याम्पेनको एक भागको रूपमा, राकुटेन भाइबरले विविध अन्तरक्रियात्मक गेमहरूको साथ आफ्नो बहु–प्रतिक्षित क्रिकेट सुपरबट सार्वजनिक गरेको छ। स्वचालित फिचरको रूपमा रहेको नयाँ सुपरबट क्रिकेट भाइब्स च्यानलको एक हिस्साको रूपमा रहनेछ, जहाँ क्रिकेट प्रेमीहरूले गेममा जोडिन, प्रत्यक्ष अपडेटको रमाइलो लिन, खेलहरूको अनुमान लगाउन र अन्य धेरै कुराहरूको सुविधा प्राप्त गर्न सक्नेछन्।
दराजको साथ, क्रिकेट प्रेमीहरूले दैनिक रूपमा हुने क्विजहरूमा जोइन भएर क्रिकेट सुपरबट क्विज सेक्सनमा प्रश्नहरूको सही उत्तर दिई नगद पुरस्कारहरू जित्न सक्नेछन्। अक्टोबर महिनाको अन्तिमसम्ममा सर्वाधिक स्कोर जम्मा गर्ने उत्कृष्ठ १० फ्यानहरू विजयी हुनेछन्।
फ्यानहरूका निम्ति आकर्षक पुरस्कारहरू जित्ने अर्को सजिलो अवसर हो, प्रेडिक्सनमा सामेल हुनु, जहाँ पहिलो टस देखि टिम स्कोर र म्याचको विजेता देखि सम्पूर्ण खेल कस्तो रहनेछ भन्ने कुराहरूको अनुमान लगाउन सकिनेछ। श्रीलङ्का, नेपाल, बंगलादेश र भारतबाट टोर्नामेन्टको अन्त्यसम्ममा सर्वाधिक स्कोर जम्मा गर्ने उत्कृष्ठ ३ फ्यानलाई भाइबरको तर्फबाट विशेष उपहारको व्यवस्था पनि गरिएको छ।
प्रयोगकर्ताले भर्चुअल क्रिकेट खेलहरू पनि खेल्न सक्छन् र घरमै बसीबसी आरामले रन स्कोर गर्न सक्नेछन्। क्रिकेट विश्वकप अवधिभरका लागि आफ्नो मनपर्ने क्रिकेटरहरू जस्तै महसुस गर्दै क्रिकेट सुपरबटमार्फत् आफूलाई मनपर्ने क्रिकेट खेलाडीजस्तै वास्तविक खेलमा जस्तैगरि ब्याटिङ गर्न सक्नेछन्।