मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारले खर्च गर्न नसकेको रकमलाई प्रयोग गरेर ब्याजदर घटाउनुपर्छ : अध्यक्ष मल्ल

सरकारले खर्च गर्न नसकेको रकमलाई प्रयोग गरेर ब्याजदर घटाउनुपर्छ : अध्यक्ष मल्ल

उनले सरकारले खर्च गर्न नसकेको रकमको ९० देखि ९५ प्रतिशतसम्मको रकमलाई वाणिज्य बैंक मार्फत कर्जा प्रबाह गर्ने व्यवस्था गरेमा तरलता कम हुने दाबी गरेका छन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले खर्च गर्न नसकेको रकम चलाएर तरलताको समस्या हटाउनुपर्ने बताएका छन्। उनले सरकारले खर्च गर्न नसकेको रकमको ९० देखि ९५ प्रतिशतसम्मको रकमलाई वाणिज्य बैंक मार्फत कर्जा प्रबाह गर्ने व्यवस्था गरेमा तरलता कम हुने दाबी गरेका छन्। 

उद्योग व्यापार संगठन रुपन्देहीको १५ औं वार्षिक साधारण सभामा बोल्दै उनले तरलता अभावका कारण ब्याजदर वृद्धि भएको र सोही कारण उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताउँदै बजारमा तरलता ल्याउनका लागि सरकारको खर्च नभएकार रकम चलाउनुपर्ने बताएका हुन्। 

त्यस्तै अध्यक्ष मल्लले हाल विद्यमान स्प्रेड दरलाई ४.४ प्रतिशतबाट १ प्रतिशत घटाएर ३.४ प्रतिशत बनाउने र आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरि कर्जाको आधार दरको अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप गर्ने व्यवस्था भएमा बैंकको व्याजदर घट्न सक्ने बताए। 

हाल बैंक तथा वित्तीय संस्थाले लिने स्प्रेड दर र बेस रेटमा उच्चतम ६ प्रतिशत सम्म प्रिमियम कायम कर्जाको व्याजदर महंगो भएकोले उद्योगी व्यवसायी निकै मर्कामा परेको र अन्ततः आकासिएको ब्याजदरले उपभोक्ता महँगीको मारमा परेको दाबी गरे। 

पछिल्लो समयमा मुलुकको अर्थतन्त्र नै धारासायी हुने अवस्था सिर्जना भएको भन्दै अध्यक्ष मल्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लगायत तेस्रो मुलुकमा नियमित हवाई उडान गर्नका लागि उचित पहल गरिनुपर्नेमा जोड दिए।

उनले भने, ‘देशको अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि लुम्बिनीको पर्यटन प्रर्वद्धन, एवं कृषिको आधुनिकीकरण र यान्त्रीकरणमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुट्नुपर्छ।’


प्रकाशित: Oct 16, 2022| 19:50 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्