मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बिमा ऐन राजपत्रमा छापियो, २३ दिनपछि यसरी आउँदै छ कार्यन्वयनमा

बिमा ऐन राजपत्रमा छापियो, २३ दिनपछि यसरी आउँदै छ कार्यन्वयनमा

बिमा ऐन राजपत्रमा प्रकाशित भएको छ। गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले ऐन प्रमाणीकरण गरेसँगै आइतबार राजपत्रमा प्रकाशित भएको हो।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं- बिमा ऐन राजपत्रमा प्रकाशित भएको छ। गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले ऐन प्रमाणीकरण गरेसँगै आइतबार राजपत्रमा प्रकाशित भएको हो।

राष्ट्रपतिले प्रमाणीकरण गरेको ३१ दिन अर्थात कात्तिक २२ गतेबाट ऐन लागु हुने प्रावधान छ। ऐन अनुसार अब बिमा समिति बीमा प्राधिकरण बन्‍नेछ। 

प्राधिकरणले आवश्यकता अनुसार नेपाल भित्र वा बाहिर जुनसुकै ठाउँमा बीमा कम्पनीले आफ्नो कार्यालय खोल्न पाउने व्यवस्था गरेको छ। बिमाको पहुँच न्युन आय भएका वर्गका जनतासम्म पुर्‍याउनेदेखि लघुबिमा व्यवसायको प्रबर्द्धन गर्ने व्यवस्था नयाँ ऐनमा समेटिएको छ। 

प्राधिकरणले सदस्य नियुक्त गर्दा कम्तिमा एक जना महिना हुनुपर्नेछ। प्राधिकरणले तोकेको अधिकृतस्तरको कर्मचारीले समितिको सचिवको रुपमा कार्य गर्नेछ। अध्यक्ष र सदस्यको पदावधि नियुक्त गरेको चार वर्षसम्म रहनेछ।

बिमा प्रणाली तथा बिमा व्यवासायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वासनीय बनाइ त्यसको विकास गर्न, गुणस्तरीय सेवा प्रदान गर्न बिमितको हक हित संरक्षण गर्न, बिमासम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन यो ऐन बनाइएको सरकारले जनाएको छ।


प्रकाशित: Oct 16, 2022| 19:11 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्