मंगलबार, असार ३१, २०८२

प्याराग्लाइडिङ उडानमा देशैभर प्रतिबन्ध

सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं– सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो।

अर्को व्यवस्था नभएसम्म मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको छ।

आजमात्रै पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएको थियो। दुर्घटनामा एक जना खेलाडीको मृत्यु भएको छ। यही दुर्घटनापछि प्राधिकरणले प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो।

उडानको सुरक्षा, ऐननियम र प्रावधानहरुबारे अध्ययन गरिने प्राधिरकणले बताएको छ।

प्रकाशित: Oct 16, 2022| 15:08 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्