काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघिको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो।
गत शुक्रबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर ९३ हजार १०० रुपैयाँ कायम भएको छ। शुक्रबार ९३ हजार ६०० रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज ९२ हजार ६०० रुपैयाँ तोकिएको छ।
यता, चाँदी आज प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। यसअघि प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा आज २५ रुपैयाँले घटेको हो।