बुधबार, वैशाख १७, २०८२

बाढी-पहिरोले सडक अवरुद्ध हुँदा जुम्ला विमानस्थलमा बढ्यो चाप

लगातार अविरल वर्षाले बाढी, पहिरोबाट कर्णाली राजमार्ग सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि जुम्ला विमानस्थलबाट देशका नेपालगञ्ज, सुर्खेत, काठमाडौँ, धनगढीलगायत सहर जाने यात्रुको जुम्ला विमानस्थलमा टिकटका लागि भिडभाड हुने गरेको छ।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

सिमकोट- लगातार अविरल वर्षाले बाढी, पहिरोबाट कर्णाली राजमार्ग सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि जुम्ला विमानस्थलबाट देशका नेपालगञ्ज, सुर्खेत, काठमाडौँ, धनगढीलगायत सहर जाने यात्रुको जुम्ला विमानस्थलमा टिकटका लागि भिडभाड हुने गरेको छ।

जहाजको उडान कम तर यात्रुको भीड बढी भएपछि सेवाग्राहीलाई सकस भएको छ। दसँैपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ।

अघिपछि नियमित उडान हुने तर दसैँ अवधिभर निजी एयरलाइन्सले पूर्वमा बढी प्राथमिकता दिएपछि दसैँमा नागरिक घर फर्किनसमेत सकस भएको थियो। दसैँपछि पनि गन्तव्यमा पुग्न कठिन भएको छ।

प्राधिकरण प्रमुख सन्तोष अधिकारीका अनुसार नेपाल एयरलाइन्सले यो १५ दिनमा जुम्लामा एकमात्र उडान भरेको छ। नेपाल एयरलाइन्सको तालिकाअनुसार हप्तामा दुई वटा जहाज आउनुपर्नेमा कार्यान्वयन हुन सकेको छैन। अझ नागरिक उड्डयनको वार्षिक उडान तालिकामा हप्तामा सात वटा उडान छ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुजुका अनुसार नेपाल एयरलाइन्सको आइतबार जुम्लामा उडान अनिवार्य हुनेछ। उहाँले एक जहाज बिग्रेकाले एउटाले मात्रै देशभर सेवा दिनुपर्ने भएकाले समस्या भएको बताउनुभयो। नागरिक उड्डयन जुम्लाका अनुसार अगष्ट महिनाको १५ दिनमा समिट एयरको सात, तारा एयरको चार र नेपाल एयरलाइन्सको एक मात्र उडान भएको छ।  

Metro Mart
worldlink

लोकसेवा परीक्षार्थी र बिरामीलाई प्राथमिकता 

जहाजमा टिकट व्यवस्थापन प्रणाली राम्रो नभएको भन्दै केही दिनअघि विद्यार्थीले आन्दोलन गरेर स्थानीय प्रशासन घेराउ गरेपछि स्थानीय प्रशासनले निगरानी गरेको छ। स्थानीय प्रशासनका अनुसार यो तीन÷चार दिन लोकसेवा दिने, परीक्षा दिने विद्यार्थी, आकस्मिक बिरामी ५० भन्दा बढीलाई स्थानीय प्रशासनले प्रत्यक्ष निगरानीमा उडाएको छ।

यसबेला लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, बिरामीसहितका अन्य विद्यार्थीलाई पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताउनुभयो। छ जना विद्यार्थीलाई त राहत बोकेर आएको हेलिकप्टरमा पठाइएको छ।  परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा लाइन लगाएर दुई सय छ जनाको नाम सूची तयार पारिएको थियो। आइतबारदेखि सो सूचीको ५० प्रतिशत कार्यान्वयन तथा ५० प्रतिशत अन्य गरी सेवा दिइने नागरिक उड्डयनले बताएको छ।  

प्रजिअ केशरीका अनुसार लोकसेवा, परीक्षा दिने विद्यार्थी र केही बिरामी उडाएपछि अबको जिम्मा एयरलाइन्स र नागरिक उड्डयन आफैँले लिनेछ। नेपाल एयरलाइन्सको नियमित उडान तालिका कार्यान्वयन हुन सकेको छैन। यस बेला दैनिक उडान गरिरहेको समिट एयर पनि शनिबार नआउँदा सकस भएको छ।

विपत्मा राहत, उद्धार, सडक पन्छाउने विषयमा तनाव बढिरहेको बेला राजमार्ग वन्द भएपछि जहाज नआउँदा हैरान भएको छ। सर्वसाधारणले समेत टिकट नपाएको, व्यवस्थापन प्रणली कमजोर भएको र उडान कम भएको गुनासो बढेपछि शनिबार नेपाल पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीसहितको पत्रकारको टिमले सरोकारवाला निकायसँग भेटघाट गरेर अनुगमन तथा समन्वय गरेको छ। 

प्रकाशित: Oct 15, 2022| 23:15 शनिबार, असोज २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।