मंगलबार, असार ३१, २०८२

दुई महिनामै भित्रियो ८ अर्ब ३५ करोडको सुन

दुई महिने अवधिमा १२ लाख १५ हजार ग्राम सुन नेपाल भित्रिएको हो।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो २ महिनामा विदेशबाट ८ अर्ब ३५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको विवरण सार्वजनिक गरेको छ। विभागको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौमा उक्त मूल्यको सुन नेपाल भित्रिएको हो।

दुई महिने अवधिमा १२ लाख १५ हजार ग्राम सुन नेपाल भित्रिएको हो। यसबापत सरकारले १ अर्ब ३ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यस अवधिमा विदेशबाट ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको छ।

विदेशबाट यस अवधिमा ६ करोड ९१ लाख ग्राम चाँदी आयात भएको हो। आयातकर्ताले विदेशबाट चाँदी आयात गर्दा राज्यलाई ५८ करोड ७७ लाख रुपैयाँ बराबर राजस्व बुझाएका छन्। नेपालमा टर्की र संयुक्त अरब इमिरेट्सबाट सुन आयात हुँदै आएको छ। 

विभागले टर्कीबाट २ अर्ब ४३ करोड ४० लाख र संयुक्त अरब इमिरेट्सबाट ५ अर्ब ९२ करोड ३७ लाख रुपैयाँको सुन आयात भएको बताएको छ।

प्रकाशित: Oct 15, 2022| 19:20 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्