मंगलबार, असार ३१, २०८२

पुनः सञ्चालन हुँदै अन्तर्राष्ट्रिय डाँक सेवा

विभागले असोजभित्रै अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालनका लागि अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल र पत्राचार गरेको हो।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं– हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ। विभागले असोजभित्रै अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालनका लागि अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल, समन्वय र पत्राचार गरेको हो।

विभागका महानिर्देशक इन्दु घिमिरेले सूचना, सञ्चार र प्रविधिको विकाससँगै हुलाक सेवाको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डाँक सेवालाई पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिइन्। 

द्रुत डाँक सेवा, पार्सल÷सामान वा मालवस्तु र चिठ्ठीपत्रको काम गर्दै आएको विभागले आन्तरिक द्रूत सेवाअन्तर्गत हवाईमार्गमार्फत काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ, धनुषा, बारा, रुपन्देही, बाँके र कैलालीमा एक दिनमा पर्वत, स्याङ्जा, तनहुँ, सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, कपिलवस्तु, नवलपरासी, चितवन, बर्दिया, सुर्खेत, कञ्चनपुर, मुगु, डोल्पा र जुम्लामा दुई दिन र बाँकी जिल्लामा तीन दिनमा सेवा दिँदै आएको छ। 

नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष केदारप्रसाद प्रधानले हुलाकले अन्य कम्पनीले भन्दा सस्तो शुःल्कमा डाँक सेवा सञ्चालन गरेकाले विभागले प्रभावकारी रुपमा यसलाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए। विभागलाई अझै प्रभावकारी र विश्वासिलो बनाउन हरेक गतिविधि पारदर्शी हुनुपर्ने उनको भनाइ छ।

पूर्वसचिव भुवनेश्वर प्रधानले विभागलाई विश्वसनीय र भरपर्दो संस्थाको रुपमा विकास गर्न भ्रष्टार अन्त्यसँगै कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए। विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत विशालराज गौतमले हुलाक सेवालाई प्रभावकारी बनाउन दीर्घकालीन योजना बनाएर अगाडि बढ्न सुझाए।

हवाई मार्गबाट देशभित्रै डाँक ढुवानी गर्न यति एयरलाइन्स, नेपाल एयरलाइन्स, श्री एयरलाइन्स र बुद्ध एयरलाइन्ससँग सम्झौता गरिएको छ। महानिर्देशक घिमिरेले नेपालको पुरानो, विश्वसनीय, जनमनमा बसेको संस्था हुलाक सेवालाई पुनःक्रियाशील र पुनःजीवित बनाउने योजना सुनाए। व्यक्तिगत र संस्थागत इएमएस, पार्सल, चिठ्ठीपत्र हुलाकमार्फत ढुवानी गर्न केही सुधार गर्ने विभागको योजना छ।–रासस

प्रकाशित: Oct 15, 2022| 14:50 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्