काठमाडौं– सरकारले महँगा सवारीसाधन, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिवन्धलाई मंसिर २९ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चितीमा दबाब कायमै रहेको राय दिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिवन्धलाई थप गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो। मन्त्रिपरिषद् बैठकले आयात प्रतिवन्ध लम्ब्याउने निर्णय गरेको छ।
अब विदेशी मदिरा, ३ सय डलरभन्दा बढीका स्मार्टफोन, १५० सीसी माथिका मोटरसाइकल र जीप–कार–भ्यानको आयात प्रतिवन्धले निरन्तरा पाउने भएको छ। अटोमोबाइल आयातकर्ताहरुले आयात खुलाउनका लागि सरकारलाई आग्रह गर्दै आएका थिए।
विदेशी मुद्राको सञ्चितीमा दबाब बढ्दै गएपछि गत वैशाखबाट विभिन्न १० हार्मोनिक कोड भएका वस्तुको आयातमा प्रतिवन्ध लगाइएको थियो। गत १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिवन्ध भने हटाइएको थियो।