काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला ९४ हजार १०० र तेजावी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार सुन तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।