काठमाडौं- अर्थसचिव कृष्णहरि र एमसीसीका उपाध्यक्ष क्यारुन अलफोर्डबीच भेटवार्ता भएको छ। तीन दिनअघि अर्थसचिव पुस्करलगायतको ६ सदस्यीय टोलीको नेतृत्व गर्दै अर्थमन्त्री जनार्दन शर्मा अमेरिका पुगेका थिए।
सोही क्रममा शुक्रबार अर्थसचिव कृष्णहरि र एमसीसीका उपाध्यक्ष क्यारुन अलफोर्डबीच भेटवार्ता भएको हो।
पुष्कर विश्व बैंक र संयुक्त राष्ट्रसंघअन्तर्गतको प्रमुख वित्तीय संस्था आईएमएफको संयुक्त गोष्ठीमा भाग लिन अमेरिका रहेका छन्। अर्थसचिव पुष्कर र क्यारुनबीच नेपाललाई हुने सहयोगको विषयमा छलफल भएको बताइएको छ।