मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४६ पैसा र बिक्री दर १३२ रुपैयाँ ०६ पैसा कायम गरेको छ।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४६ पैसा र बिक्री दर १३२ रुपैयाँ ०६ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १२७ रुपैयाँ ७७ पैसा र बिक्री दर १२८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ ४५ पैसा र बिक्री दर १४७ रुपैयाँ १२ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ५७ पैसा र बिक्री दर १३२ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको।

अस्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ४९ पैसा र बिक्री दर ८२ रुपैयाँ ७८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५९ पैसा छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९५ पैसा र बिक्री दर ८ रुपैयाँ ९९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २९ पैसा र बिक्री दर १८ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ९८ पैसा र बिक्री दर ३५ रुपैयाँ १४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १९ पैसा र बिक्री दर ९ रुपैयाँ २३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Oct 14, 2022| 07:07 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्