काठमाडौं- नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवद्र्धन गर्न निम्बस र दायित्वबीच साझेदारी भएको छ।
देशमा नवप्रर्वतन, सहकार्य र सेवाको भावले एक उद्यमशील नेपाल सृजन गर्न सकिने साझा दृष्टिलाई यस सम्झौताले अझ मजबुद बनाउने बताइएको छ। निम्बस र दायित्वबीच हस्ताक्षर भएएको समझदारी पत्रअनुसार निम्बसले दायित्व नेपाल जन नीति फेलोसिप कार्यक्रमअन्तर्गत २०२३ मा ३ जना फेलोहरुलाई स्पन्सर गर्नेछ।
सन् २०१३ देखि दायित्वले संघीय, प्रान्तीय र स्थानीय तहमा ७४ सरकारी संस्था र २४ सांसदसँगको सहकार्यमा नीति अनुसन्धानमा सहयोग पुर्याउन विभिन्न ३० वटा देशबाट प्रशिक्षित १६४ दायित्व फेलोहरुको ११ वटा समूहलाई परिचालन गरिसकेको छ।
विश्वव्यापी प्रतिस्पर्धामार्फत छनोट गरिने रिसर्च फेलोहरुले ३ देखि ६ महिनासम्म सम्बन्धित मन्त्रालयका अधिकारीहरु र विभिन्न नीति तथा अनुसन्धान विज्ञहरुको मेन्टरिङमा, लगानीमा पहुँच, युवा रोजगारी, महिलाको आर्थिक सशक्तिकरण, मूल्यश्रृंखला र शासन सुधारलगायतका विषयवस्तुमा नीतिगत अनुसन्धान गर्ने सम्झौतामा उल्लेख छ।