बुधबार, वैशाख १७, २०८२

कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ। 

दसैं तिहारको चाडवाडका समयमा उद्योग धन्दा तथा कलकारखाना पूरै नचल्ने र उत्पादित विद्युत् खपत नहुने भएकाले यही समयमा मर्मतकार्य गरिएको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए।

'समय–समयमा मेसिन मर्मत गर्नुपर्ने-फेर्नुपर्ने हुन्छ,' उनले भने, 'अन्य बेलामा मर्मत गर्दा विद्युत् अभाव समस्या हुने भएकाले अहिले खपत नहुने समयमा मर्मत गर्दा उपभोक्ता तथा उद्योग, कलकारखानालाई सहज हुने गरि चाडवाडको मौकामा मर्मत गरेका हौं।'

दसैं बिदामा पाँच दिनसम्म उत्पादन पूरै बन्द गरेर मर्मत गरिएको उहाँले जानकारी दिनुभयो। दुईवटा टर्वाइनको मर्मत सकिएको र बाँकी रहेको एउटा टर्वाइनसहित अन्य मर्मत कार्य तिहारपछिसम्म चल्ने उनले बताए।

कालीगण्डकी नदीमा पानीको सतह बढेकाले अहिले बाँधमा रहेका सबै ढोका खुल्ला गरिएको छ। 'दुई वटा टर्वाइन चलाउन ९४ मिटर क्यूब प्रतिसेकेण्ड पानी आवश्यक पर्छ,' उनले भने, 'अहिले नदीमा पानीको बहाव एक हजार दुई सय मिटर क्यूब प्रतिसेकेण्ड रहेको छ।' नदीको पानीको बहाव बढी रहेकाले कात्तिकको अन्तिम सातातिर मात्र ढोका बन्द गरिने उनले बताए।

Metro Mart
worldlink

बाँध थुनेसँगै नदीमा सात किलोमिटर लामो जलाशय बन्ने र सोही जलाशयमा स्टिमर सेवा सञ्चालन हुँदै आएको छ। वर्षाका कारण अहिले रोकिएको जलयातायात सेवा नदीमा पानीको सतह घट्नासाथै पुनः सुरु हुन्छ। 

स्याङ्जाको मिर्मी (आँधीमुहान) देखि स्याङ्जा, पर्वत र गुल्मीको सङ्गलमस्थलस्थित धार्मिक एवं पर्यटकीयस्थल सेतीवेणी शीलासम्म जलयातायात सञ्चालन हुँदै आएको छ। आँधीमुहानदेखि सेतीवेणी शीलासम्म जलयातायात मार्फत पुग्न झण्डै ३० मिनेट लाग्दछ।

प्रकाशित: Oct 12, 2022| 23:45 बुधबार, असोज २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।