बुधबार, साउन १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा कायम गरेको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ५९ पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको।

अस्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ २८ पैसा र बिक्री दर ८२ रुपैयाँ ६५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४० पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०२ पैसा र बिक्री दर ९ रुपैयाँ ०६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३१ पैसा र बिक्री दर १८ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ९७ पैसा र बिक्री दर ३४ रुपैयाँ १३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १६ पैसा र बिक्री दर ९ रुपैयाँ २१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Oct 12, 2022| 07:07 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्