मंगलबार, वैशाख १६, २०८२

पाँच दिनदेखि बेपत्ता भएका पथप्रर्दशकको शव फेला

सोलुखुम्बु जिल्ला पासाङ ल्हामु गाउँपालिका–१ घर भएका ३८ वर्षीय पथप्रर्दशक फुछेत्तर लामाको मंगलबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित लार्केपास क्षेत्रमा गएको पाँच दिनदेखि बेपत्ता भएका एक पथप्रर्दशकको शव भेटिएको छ।

सोलुखुम्बु जिल्ला पासाङ ल्हामु गाउँपालिका–१ घर भएका ३८ वर्षीय पथप्रर्दशक फुछेत्तर लामाको मंगलबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए।

यही असोज २० गते दुई जर्मन नागरिकलाई मनाङको भीमथाङ छाडेर फर्किएका लामा फर्कने क्रममा एक्कासि बेपत्ता भएका थिए। लामासँगै गएका चुमनुब्री गाउँपालिका–२ का फूर्वा लामाले सामागाउँ प्रहरी चौकीमा पथप्रर्दशक लामा बेपत्ता भएको बारेमा जानकारी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।

'घटनाको दुई दिनपछि २२ गतेमात्र गाइड हराएको भन्ने बारेमा सँगै गएका पोर्टरले खबर गरेपछि उहाँ बेपत्ता भएको थाहा भएको हो,' प्रहरी उपरीक्षक खनालले भने, 'घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजी गर्दा आज शव फेला पर्‍यो।' लामाको शव उद्धार गरी सामागाउँमा ल्याई मुचुल्का तयार पारेर एभरेष्ट एयरको हेलिकप्टरमार्फत शव परीक्षणका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए। 


प्रकाशित: Oct 11, 2022| 21:25 मंगलबार, असोज २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।