बुधबार, साउन १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा कायम गरेको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १२७ रुपैयाँ ५८ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५ रुपैयाँ ४३ पैसा र बिक्री दर १४६ रुपैयाँ ०९ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको।

अस्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ९९ पैसा र बिक्री दर ८३ रुपैयाँ ३७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ १४ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०४ पैसा र बिक्री दर ९ रुपैयाँ ०८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ९६ पैसा र बिक्री दर ३५ रुपैयाँ १२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३९ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २१ पैसा र बिक्री दर ९ रुपैयाँ २५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Oct 11, 2022| 07:43 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्