बिहीबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल ग्रीन हाइड्रोजन समिट सुरु, 'नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातको प्रचुर सम्भावना'

नेपाल ग्रीन हाइड्रोजन समिट सुरु, 'नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातको प्रचुर सम्भावना'

‘नेपाल ग्रीन हाइड्रोजन समिट’ सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको समिटमा विभिन्‍न अध्ययन अनुसन्धानात्मक कार्यपत्रहरु प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं- ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको समिटमा विभिन्‍न अध्ययन अनुसन्धानात्मक कार्यपत्रहरु प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री पम्फा भुसालले 'हरित हाइड्रोजन ऊर्जा'को विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बताएकी छन्। मन्त्री भुसाले नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातका लागि प्रचुर सम्भावना रहेको पनि बताइन्।

उनले भनिन्, 'हाइड्रोजनको व्यावसायिक प्रयोग नवीनतम प्रविधि हो। यसको व्यापार सहज भइसकेको छैन। पर्याप्त जलस्रोत उपलब्ध भएकाले नेपालमा यसको सम्भावना अन्य देशको भन्दा बढी छ।' 

हाल हाइड्रोजन ऊर्जाका विषयमा विश्वले विशेष चासो र प्राथमिकतासहित अध्ययन अनुसन्धान गरिरहेको छ। 

उनले विभिन्‍न विकसित मुलुकले यसको उत्पादन र उपयोगबारे नीति निर्माण, प्रविधिको अनुसन्धान र अन्वेषणलाई तीव्रता दिएको उल्लेख गर्दै भनिन्, ‘हाइड्रोजन ऊर्जाका विषयमा नेपाल छिट्टै नीति निर्माण गरी अगाडि बढ्ने छ। 

उनले जलस्रोतलाई जलविद्युत्‌मा परिणत गर्ने र जलविद्युत्‌को प्रयोग गरी जलस्रोतलाई 'हरित हाइड्रोजन'का रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि, पर्यावरणीय सुरक्षा, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासका दृष्टिले निकै गहन हुने जानकारी दिइन्। 

मन्त्री भुसाले ऊर्जाको स्रोतका रुपमा जलविद्युत्लाई प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाउने साथै जलविद्युत्लाई हाइड्रोजन ऊर्जा, एमोनिया र युरिया मल उत्पादनमा समेत प्रयोग गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरिन्। 

सो लक्ष्य पूरा गर्नका लागि मन्त्रालयले कार्यदल गठन गरी जलविद्युत्‌को प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्वसम्भाव्यता अध्ययनसमेत गरिसकेको स्पष्ट पार्दै त्यसको लागि मन्त्रालयको पहलमा नेपाल विद्युत् प्राधिकरण र कोरियोको ग्लोबल 'ग्रीन ग्रोथ इन्टिच्युट'बीच समझदारी भइसकेको समेत जानकारी दिइन्। सम्मेलन दुई दिनसम्म चल्‍नेछ।

प्रकाशित: Oct 10, 2022| 18:55 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्