मंगलबार, वैशाख १६, २०८२

अन्‍नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक

अन्‍नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटकहरु लमजुङतर्फ नै फर्किन थालेका छन्। मङ्गलबारदेखि निरन्तर वर्षा भएपछि मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरु बुधबारदेखि पुनः लमजुङतर्फ नै फर्किरहेका हुन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

लमजुङ- अन्‍नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटकहरु लमजुङतर्फ नै फर्किन थालेका छन्। मङ्गलबारदेखि निरन्तर वर्षा भएपछि मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरु बुधबारदेखि पुनः लमजुङतर्फ नै फर्किरहेका हुन्। 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङले भने, 'वर्षा हुनु अघिसम्म दैनिक ८० भन्दा बढी पर्यटक यस पदमार्गबाट मनाङ जिल्ला हुँदै गन्तव्य पार गर्ने गरेका थिए। तर निरन्तर वर्षाका कारण पदमार्गसमेत बिग्रिन थालेको र मनाङको माथिल्लो भेगमा हिमपात हुन थालेपछि उनीहरु अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नै फर्किन थालेका छन्।'  शनिबार मात्र चामे गाउँपालिकामा अलपत्र ८५  पर्यटक फर्किएको उहाँले जानकारी दिए। 

त्यस्तै, बिहीबार एक सय ५० र बुधबार ४० जना पर्यटक फर्किएका थिए।  त्यस्तै, पदमार्गमा जानका लागि लमजुङमा आइपुगेका पर्यटकहरु समेत बेँसीसहरमै रोकिएर बसेका छन्। लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकीय सिजनकै बेला यतिबेला फेरि व्यवसाय सुनसान हुन थालेका पर्यटन व्यवसायीहरुको भनाइ छ। पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, 'यतिबेला सास फेर्ने फुर्सद हुने थिएन तर वर्षाका कारण पर्यटक आगमनमा समस्या भएपछि व्यवसाय सुस्ताएको छ। दसैँ तिहारका बेलामा पर्यटकहरु बढी पदमार्गमा आउने गर्दछन्। पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीति रिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटकहरु आउने गर्छन्।' 

अहिले मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फुलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ। पर्यटक विशेष गरी थोराङपास, लार्केपास र कालापास गर्ने गर्दछन् भने, केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिकामा पर्दछ। अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ। 

प्रकाशित: Oct 09, 2022| 06:25 आइतबार, असोज २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।