बिहीबार, वैशाख १८, २०८२

एमाले मोरङका सचिव खतिवडाद्वारा पदबाट राजीनामा

नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

विराटनगर- नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट राजीनामा दिएको खतिवडाले बताए। उम्मेदवार सिफारिस गर्दा वा सर्वसम्मत गर्दा वा छनौट गर्दा पार्टीको सिद्धान्त, विधि, पद्धती र प्रक्रिया विपरीत केही निश्चित स्वार्थ अनुकूल हुने गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्यप्रति आफ्नो पूर्ण असहमति रहेको खतिवडाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। उनले भनेका छन्,‘पार्टी कमिटीहरु कार्यार्थ हुन्, केवल बोधार्थ वा मानार्थ मात्र होइनन्।’

पार्टीले गर्ने निर्णयहरु वा सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्दछ र हुनुपर्ने हो। तर अहिलेको उम्मेद्वारको पजनी र प्रचार पार्टीको संस्थागत जानकारी र निर्णय विपरित रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

गैरराजनीतिक कार्यको किनाराको साक्षी भएर बस्‍ने नैतिकरुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको निष्ठा र भावना विपरीत हुने भएकोले जिल्ला कमिटी मोरङको सचिव पदबाट राजीनामा दिएको उनले बताए। खतिवडा मोरङ क्षेत्र नं. १ (क) का आकांक्षी थिए।

प्रकाशित: Oct 08, 2022| 17:15 शनिबार, असोज २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।