काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२८ रुपैयाँ ७१ पैसा र बिक्री दर १२९ रुपैयाँ ३० पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४८ रुपैयाँ ०१ पैसा र बिक्री दर १४८ रुपैयाँ ६९ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६७ पैसा र बिक्री दर १३२ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको।
अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३९ पैसा र बिक्री दर ८४ रुपैयाँ ७८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ९१ पैसा छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९९ पैसा र बिक्री दर ९ रुपैयाँ ०३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २९ पैसा र बिक्री दर १८ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १२ पैसा र बिक्री दर ९ रुपैयाँ १६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर