बुधबार, वैशाख १७, २०८२

सुर्खेतबाट तीन हजार ९०० खसी काठमाडौं पठाइयो

बडादसैँका लागि सुर्खेतबाट तीन हजार नौ सय खसीबोका राजधानी पठाइएको छ। सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यले पालेका तीनहजार ९५८ वटा खसी काठमाडौँ पठाइएको हो।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

सुर्खेत- बडादसैँका लागि सुर्खेतबाट तीन हजार नौ सय खसीबोका राजधानी पठाइएको छ। सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यले पालेका तीनहजार ९५८ वटा खसी काठमाडौँ पठाइएको हो। 

चाडपर्वसँगै बजारमा खसीबोकाको अभाव देखिएका बेलामहिलाले उत्पादन गरेका खसीबोका काठमाडाँैमा पठाएको ‘पशु वस्तुको मूल्य श्रृङ्खलामा आधारित सानाकिसानको संस्था सवलीकरण परियोजना’ का संयोजक पदमबहादुर दलामीले जानकारी दिए। उक्त परियोजना हेफर इन्टरनेशनल नेपाल र सुन्दर नेपाल संस्थाले सञ्चालन गरेको हो। 

परियोजनामार्फत उद्यमी महिलाले उत्पादन गरेका खसीबोकाको न्यूनतम मूल्यसमेत निर्धारण गरिएको छ। जसअनुसार जिउँदो खसी प्रतिकिलो रु ५०० देखि रु ५३० मूल्य तोकिएको छ। पशु क्वारेन्टाइन मापदण्डअनुसार स्वस्थ प्रमाणपत्रका आधारमा खसीबोका खरीद गरेर काठमाडौं पठाइएको पनि परियोजना संयोजक दलामीले जानकारी दिए।

सुर्खेत जिल्लास्थित सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था, त्रिवेणी, सफल, उपहार सामाजिक, भेरी किनारा सामाजिक, सम्झौता, लाटीकोइली र उत्तरगङ्गा सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँ लक्षित खसीबोका बिक्री गरिरहेका छन्। सहकारीले दसैँतिहारको अवधिमा मात्र छ हजार ८०० खसीबोका बिक्री गर्ने लक्ष्य राखेको परियोजना संयोजक दलामीले जानकारी दिए।

महिलालाई व्यावसायिक बाख्रापालनबाट आत्मनिर्भर गराउन कृषि तथा पशुपालन ब्यवसायमा सहकारीले सदस्यलाई वित्तीय सहयोग गर्दै आइरहेको छ। सहकारीले माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, आरएमडीसी, आरएसडीसी र राष्ट्रिय सहकारी विकास बैंकलगायत वित्तिय संस्थासँग समन्वय गरी सदस्यलाई सहुलियत कर्जा उपलब्ध गराउनथालेपछि सदस्य व्यावसायिक बाख्रापालन ब्यवसाय गर्दै आइरहेका छन्। 

Metro Mart
worldlink

परियोजनामार्फत प्राविधिक र बजारीकरणमा पनि सहयोग गर्दै आएको संयोजक दलामीले जानकारी दिनुभयो। परियोजनाले सहकारीको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउनुका साथै महिला सदस्यलाई बाख्रापालनसम्बन्धी तालिम पनि दिँदै आएको छ। सहकारीले संकलन केन्द्रमार्फत खसीबोकाको बजारीकरण गर्न थालेपछि उद्यमी महिलाले उचित मूल्य प्राप्त गरेको बताएका छन्।

प्रकाशित: Sep 30, 2022| 20:40 शुक्रबार, असोज १४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।