मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ नोटको बन्डल लिन नसक्नेलाई फुटपाथको भर, राष्ट्र बैंक भन्छ– गैरकानुनी

नयाँ नोटको बन्डल लिन नसक्नेलाई फुटपाथको भर, राष्ट्र बैंक भन्छ– गैरकानुनी

रत्नपार्क आसपास, न्युरोड, कलंकी, बसपार्क क्षेत्रका फुटपाथमा सहजै नयउाँ नोट साट्न (किन्न) सकिन्छ। यसरी नोटको व्यापार गर्नेहरुले सयका हजारवटा नोट सटही गर्दा २ सय रुपैयाँ अतिरिक्त लिने गरेका छन्।
 |  बिहीबार, असोज १३, २०७९

भीमा पन्थी

भीमा पन्थी

बिहीबार, असोज १३, २०७९

काठमाडौं– दसैंको टीका लगाएर दक्षिणा दिँदा सकेसम्म नयाँ नोट दिने प्रचलन छ। यही चलनलाई मध्यनजर गरेर नेपाल राष्ट्र बैंकले हरेक वर्ष दसैंको छेकोमा नयाँ नोट बजारमा पठाउँछ। घटस्थापनाको एक हप्ताअघि नै उसले वाणिज्य बैंकहरुले नयाँ नोट पठाइदिन्छ। अनि बैंकमार्फत उपभोक्तासम्म पुग्छ नयाँ नोट। 

वाणिज्य बैंकमात्र नभएर बैंक तथा वित्तीय संस्थाहरुले पनि नयाँ नोट सटहीको सुविधा दिएका छन्। यसले गर्दा विगतका वर्षहरुजस्तो नयाँ नोटका लागि घण्टौं लाइन लाग्नुपर्ने सास्ती छैन। 

चाखलाग्दो कुरा त नयाँ नोट बैंक–वित्तीय संस्थामा मात्र होइन, फुटपाथमा पनि पाइन्छ। रत्नपार्क आसपास, न्युरोड, कलंकी, बसपार्क क्षेत्रका फुटपाथमा सहजै नयउाँ नोट साट्न (किन्न) सकिन्छ। यसरी नोटको व्यापार गर्नेहरुले सयका हजारवटा नोट सटही गर्दा २ सय रुपैयाँ अतिरिक्त लिने गरेका छन्। वीरगञ्ज जान लागेकी एक युवतीले बिहीबार नयाँ बसपार्कमा १०, २०, ५० र १०० का गरी ४ हजार सटही गरिन्। यसबापत उनले साढे दुई सय रुपैयाँ अतिरिक्त तिरिन्। 

राष्ट्र बैंकले वाणिज्य बैंकदेखि सहकारीसम्मलाई नयाँ नोट वितरणको जिम्मा दिए पनि किन उपभोक्ता फुटपाथमा साटिरहेका छन् त? कारण– बैंक–वित्तीय संस्थामा १८ हजार पाँच सयको मात्र बन्डल साट्न पाइन्छ, जसमा सय, पचास, बिस, दश र पाँच रुपैयाँका एक–एक हजार नोट हुन्छ। उपभोक्ताले यो सबै लिनुपर्छ, आफूलाई चाहिएको जति परिमाणमा चाहिएको नोट पाइँदैन। यहीकारण थोरैमात्र चाहिने उपभोक्ताले फुटपाथमा नयाँ नोट साट्नुपर्छ।  ‘घरमा ४ हजारको भए टीकालाई जत्ति पनि पुग्छ। बैंकले दुई–चार हजार रुपैयाँ नदिने रहेछ। त्यसैले अतिरिक्त तिरेर साट्नुपरेको हो,’ ती युवतीले भनिन्। 

रत्नपार्क आसपास, न्युरोड, कलंकी, बसपार्क क्षेत्रका फुटपाथमा सहजै नयउाँ नोट साट्न (किन्न) सकिन्छ। यसरी नोटको व्यापार गर्नेहरुले सयका हजारवटा नोट सटही गर्दा २ सय रुपैयाँ अतिरिक्त लिने गरेका छन्।

बैंक–वित्तीय संस्थामा ५, १०, २०, ५० र १०० का गरी १८ हजार ५ सय रुपैयाँको एक बन्डल (प्याकेट) निर्धारण गरिएको छ। सोही अनुसार उपभोक्ताले एक बन्डल लिनुपर्छ। बैंकहरुले ग्राहकको आवश्यकताअनुसार नयाँ नोट दिँदैनन्। थोरै परिमाणमा नयाँ नोट चाहिने उपभोक्तालाई यो सुविधाको कुनै अर्थ छैन। 

Metro Mart
worldlink

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले बन्डल फुकाएर वितरण गर्न गाह्रो हुने बताए। ‘बन्डल फुकाउन, नोट मिलाउन थप कर्मचारी चाहिन्छ। बरु ग्राहकलाई नै दुई–तीन जना मिलेर आउन आग्रह गर्ने गरेका छौं,’ उनले भने।

राष्ट्र बैंकका अनुसार नयाँ नोट फुुटपाथमा बिक्री गर्न पाइँदैन। शुल्क लिएर नोट किनबेच गर्नु गैरकानुनी रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले बताए। ‘अतिरिक्त रकम लिएर नयाँ नोट साट्नु गैरकानुनी हो। यस्तो गरेमा ठगीको मुद्दा लाग्छ र सोहीअनुसार कारबाही हुन्छ,’ उनले भने। उनका अनुसार लिखित उजुुुरी वा गुुनासो आएको खण्डमा राष्ट्र बैंकले मुुलुुकी फौजदारी संहिता अनुुसार कारबाहीको प्रक्रिया अघि बढाउँछ।

बैंकमा पठाएबराबरकै नोट साटिए
नेपाल राष्ट्र बैंकले असोज २ गतेदेखि नयाँ नोट वितरण गर्न अनुमति दिएको थियो। नोट वितरण सुरु भएको १० दिन अर्थात् बुधबासम्ममा नेपालीले १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिसकेका छन्, जुन राष्ट्र बैंकले बैंकहरुमा पठाएबराबर हो। राष्ट्र बैंक आफैंले पनि सटहीको काम गर्दै आएको छ। तसर्थ बैंकहरुमा नयाँ नोट बाँकी नै छन्। 

यो वर्ष दसैंलाई लक्षित गरेर बैंक तथा वित्तीय संस्थामा १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट पठाइएको थियो। राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार गत वर्ष ३५ अर्ब पठाइएको भए पनि अहिले डिजिटल कारोबार बढी हुने हुँदा कम पठाइएको हो। ‘गत वर्षहरुमा औषत ३५ अर्बका नयाँ नोट बजारमा पठाइन्थ्यो। अहिले डिजिटल कारोबार हुने अनुमानसहित १२ अर्बमात्रै पठाइएको हो,’ उनले भने। राष्ट्र बैंकका अनुसार अब अतिरिक्त ५० करोडका नयाँ नोट बजारमा माग हुने सम्भावना रहेको छ। 

प्रकाशित: Sep 29, 2022| 17:43 बिहीबार, असोज १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्