शुक्रबार, वैशाख १९, २०८२

कार्यकारणी सदस्य कार्कीसहित १० नेताले जसपा त्यागे

जनता समाजवादी (जसपा)का केन्द्रीय कार्यकारणी सदस्य युवराज कार्कीसहित १० जना नेताले पार्टी परित्यागको घोषणा गरेका छन्।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

विराटनगर– जनता समाजवादी (जसपा)का केन्द्रीय कार्यकारणी सदस्य युवराज कार्कीसहित १० जना नेताले पार्टी परित्यागको घोषणा गरेका छन्।

नेता कार्कीसहित केन्द्रीय सदस्य मित्र चापागाईं, भीमबहादुर थापा, राष्ट्रिय परिषद् सदस्य खिरबहादुर भण्डारी, मञ्जु भण्डारी, रामबहादुर जाग्री, सुजन भण्डारी, महिला केन्द्रीय नेता कमला थापा र भोजपुरका जिल्ला नेता किरण विष्टले जसपा परित्यागको घोषणा गरेका हुन्। 

पार्टी परिचालनको कार्यशैली समिति प्रणालीमा नभई अलोकतान्त्रिक सर्वसत्तावादी प्रवृत्ति हावी भएको भन्दै पार्टी परित्यागको घोषणा गरिएको नेता कार्कीले बताएका छन्। विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै कार्कीले पार्टी नेतृत्वले खस आर्यप्रति प्रतिशोधपूर्ण र पूर्वाग्राही व्यवहार गरेको आरोप लगाए। पार्टी नेतृत्वले खस आन्दोलनलाई धोका दिएको पनि उनको भनाइ छ।

मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिसमा परेका नेता कार्कीले सो क्षेत्र जसपाको भागमा नपर्ने भएपछि पार्टी परित्याग गरेको जसपाका नेताहरुको भनाइ छ। तर पत्रकार सम्मेलनमा कार्कीले भने, ‘टिकट नपाउने भएपछि पार्टी त्यागको घोषणा गरेको हैन।’ पार्टी छाड्ने जानकारी अध्यक्ष उपेन्द्र यादवलाई दिएको उनले बताए। कार्कीले भने,‘ अध्यक्षले राष्ट्रिय सभामा लैजाने, समानुपातिकको १ नम्बरमा राख्ने भने पनि मैले मानिनँ।’

पार्टी एक हुनुअघि नेता कार्की खस समावेशी राष्ट्रिय पार्टीका अध्यक्ष थिए।

Metro Mart
worldlink

प्रकाशित: Sep 28, 2022| 15:04 बुधबार, असोज १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।