आइतबार, वैशाख २८, २०८२

हट्दै बादल, खुल्दै मौसम [तस्बिरहरू]

दसैंलाई मौसमले पनि साथ दिने गर्छ। असोज लागेसँगै आकाश खुल्न थाल्छ। गर्मी कम भएर दिन शीतल हुन थाल्छ। बादल फाटेर आकाश निलो देखिन थाल्छ।
 |  मंगलबार, असोज ११, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, असोज ११, २०७९

काठमाडौं- यस वर्षको दसैं सुरु भइसकेको छ। आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने दसैं १५ दिन (कोजाग्रत पूर्णिमा) सम्म मनाइन्छ। सोमबार घरघरमा जमरा राखिएको छ। सो जमरा विजयादशमीको दिन टीकासँगै ग्रहण गरिन्छ।  

नवरात्र सुरु भएसँगै विभिन्न देवालयहरूमा दर्शनार्थीको भीड देखिन थालेको छ। काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरुको भीड छ। यस अवसरमा भद्रकाली, संकटा, दक्षिणकाली, रक्ताकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, कालिका स्थान, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ।

दसैंलाई मौसमले पनि साथ दिने गर्छ। असोज लागेसँगै आकाश खुल्न थाल्छ। गर्मी कम भएर दिन शीतल हुन थाल्छ। बादल फाटेर आकाश निलो देखिन थाल्छ। मनसुन अर्थात् वर्षायाम अब सकिने बेला भएकाले दिनप्रतिदिन वर्षाको सम्भावना घट्दै गएको मौसमविद्ले बताएका छन्। अब मनसुन अन्त्य हुन एक हप्ता पनि छैन।

सेप्टेम्बर सकिएपछि मनसुन सकिन्छ। तर अहिलेदेखि नै वर्षा हुने सम्भावना भने घट्दै गएको छ। आकाशमा देखिएको बादल विस्तारै हट्दै जाने र मौसम सफा हुने मौसमविद्ले बताएका छन्।

प्रकाशित: Sep 27, 2022| 12:06 मंगलबार, असोज ११, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।