बुधबार, वैशाख १७, २०८२

प्रदेश २ को प्रचार शैली : बोर्ड–बोर्डमा मुख्यमन्त्री

प्रदेश २ को अधिकांश भाग भारतको बिहार राज्यसँग सीमा जोडिएको छ। बिहार प्रवेश गरेलगत्तै त्यहाँका नेताहरुको चित्र अंकित ठूल्ठूला होर्डिङ बोर्ड देख्न पाइन्छ।
 |  सोमबार, साउन ११, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

सोमबार, साउन ११, २०७८

जनकपुरधाम– प्रदेश २ को अधिकांश भाग भारतको बिहार राज्यसँग सीमा जोडिएको छ। बिहार प्रवेश गरेलगत्तै त्यहाँका नेताहरुको चित्र अंकित ठूल्ठूला होर्डिङ बोर्ड देख्न पाइन्छ। त्यहाँकै नेताको सिको नेपालको प्रदेश २ सरकारले पनि गरेको छ।

प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुका चित्र अंकित ठूला होर्डिङ बोर्ड प्रदेशका विभिन्न ठाउँमा लगाएको छ। बोर्डमा प्रदेश सरकारका केही महत्वाकांक्षी योजनाहरुको स्लोगन लेखिएको छ भने स्लोगनको छेउमै मन्त्रीहरु तथा मुख्यमन्त्रीको ठूलो तस्बिर अंकित गरिएको छ।

प्रदेश २ सरकारले प्रचारप्रसारको यस्तो कामका लागि बर्सेनि लाखौं बजेट छुट्याउँदै आइरहेको छ। नयाँ योजना ल्याउने भन्दा पनि पुरानै योजनाहरुको प्रचारप्रसारका छुट्याइँदा आलोचना पनि भइरहेको छ।

प्रचारप्रसारको नाममा खर्च गर्नमा प्रदेश २ को मुख्यमन्त्री कार्यालय पहिलो नम्बरमा आउँछ। मुख्यमन्त्री कार्यालयले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि छुट्याएको बजेटमा ३१ लाख रुपैैयाँ प्रचारप्रसारका लागि छुट्याइएको छ। चालू आर्थिक वर्षमा मुख्यमन्त्री कार्यालयले यसका लागि ८० लाख रुपैयाँ छुट्याएको थियो। 

प्रदेश सरकारको महत्वाकांक्षी योजना मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानसम्बन्धी होर्डिङ बोर्ड तथा ब्यानरका लागि आगामी आर्थिक वर्षमा १६ लाख रुपैयाँ बजेट छुट्याइएको छ। जबकि चालु आर्थिक वर्षमा यही अभियानको होर्डिङ बोर्ड राख्नका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो।

Metro Mart
worldlink

त्यस्तै सोही अभियानको प्रचारप्रसारका लागि टिसर्ट र ब्याच खरिद गर्न आगामी आर्थिक वर्षमा ५ लाख रुपैयाँ छुट्याइएको छ। चालु आर्थिक वर्षमा यसका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो।

प्रदेश सरकारको अर्को महत्वाकांक्षी योजना मुख्यमन्त्री स्वच्छता अभियानसम्बन्धी होर्डिङ बोर्ड राख्नका लागि आगामी आर्थिक वर्षमा १० लाख रुपैयाँ छुट्याइएको छ। यसकै लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँको बजेट छुट्याइएको थियो। प्रदेशको मुख्यमन्त्री कार्यालयकै प्रचारप्रसारको नाममा छुट्याइएको लाखौं बजेट देखेर प्रदेश सरकार होर्डिङ बोर्ड तथा ब्यानरमै सीमित रहेको प्रदेशवासीको आरोप छ। 

प्रकाशित: Jul 26, 2021| 23:54 सोमबार, साउन ११, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।