मंगलबार, वैशाख १६, २०८२

चीनमा बन्दैछ अत्याधुनिक एयरसिप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

Metro Mart
worldlink
बेइजिङ-चीनको एभिएसन इन्डस्ट्री कर्पोरेसन (एभिक)ले नागरिक उड्डयनमा प्रयोग हुने एयरसिपको विकास गर्न शुरु गरिएको जनाएको छ ।

उक्त एयरसिप बढीमा १० यात्री क्षमताको हुनेछ । ३५ सय घनमिटरको एयरसिप आठ सय ४० किलो भारवहन क्षमताको हुनेछ । २४ घण्टा निरन्तर उड्न र एक हजार किलोमिटर पार गर्न सक्ने उक्त एयरसिप तीन हजार ५० मिटर उचाइसम्म जान सक्छ ।

एयरसिपको अग्रभागमा पाइलट र यात्री रहनेछन् । इन्धनसहितका इन्जिन पछाडिको भागमा रहनेछन् । अहिलेका हवाई जहाजहरूमा दायाँ–बायाँ रहने इन्जिनमै इन्धन भर्ने सुविधा छ ।

एयरसिपको फ्लाइट कन्ट्रोल प्रणालीले तत्काल मानवबाट गैरमानव प्रणालीमा स्विच गर्न सक्छ । र, रिमोट या सफ्टवेयरको माध्यमबाट जमिनबाटै यसलाई नियन्त्रित गर्न सकिन्छ ।

उक्त अत्याधुनिक एयरसिप हवाई पर्यटन, यात्री र माल सामान ढुवानीका लागि उपयुक्त हुने विश्वास त्यसको निर्माता एभिकका अधिकारीहरूको छ । आर्थिक रूपमा किफायती, सुरक्षित र आरामदायक हुने उनीहरूको भनाइ छ । 

यस अत्याधुनिक हवाई जहाजलाई पर्यटन, सर्वेक्षण, महासागरहरूमा निगरानी, सामान ढुवानी र आपतकालीन उद्धारलगायत काममा लगाइने उनीहरूले बताएका छन् । सन् २०२० सम्ममा एयरसिपको पहिलो उडान गर्ने लक्ष्य एभिकको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...