बिहीबार, जेठ २, २०८२

आज महानगरको डोजर वीर अस्पताल परिसरका औषधि पसलमा चल्ने

काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू आज डोजर चलाउने भएको छ। महानगरले नियम विपरित सञ्चालनमा रहेका औषधि पसल भत्काउन २४ घण्टे चेतावनी दिएको थियो।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू आज डोजर चलाउने भएको छ। महानगरले नियम विपरित सञ्चालनमा रहेका औषधि पसल भत्काउन २४ घण्टे चेतावनी दिएको थियो। 

काठमाडौं महानगर प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिँदै माइकिङ गरेको थियो। वर्षादेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर बताइएको छ। 

अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख रहेको छ। बगैँचामा सटरसहितको टहरा बनाएकोले आज हटाउन लागिएको महानगरले जनाएको छ।

कामपा प्रहरी प्रमुख (एसपी) राजुनाथ पाण्डेले वडा अध्यक्षले ती सटर भत्काउन कामपा प्रहरीलाई आग्रह गरेको जानकारी दिए। सबै विवरण बुझेर सटर भत्काउने निर्णय गरिएको उनले बताए।

काठमाडौं महानगर प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको जनाएको छ।

Metro Mart
worldlink

प्रकाशित: Sep 22, 2022| 07:40 बिहीबार, असोज ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।