मंगलबार, वैशाख १६, २०८२

बेलायती महारानीको राजकीय सम्मानका साथ अन्त्येष्टि

बेलायती महारानीको अन्तिम संस्कारमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चीनका उपराष्ट्रपति वाङ्न छिसन, भारतकी राष्ट्रपति द्रौपदी मुर्मु लगायत विश्वका शीर्ष नेता सहभागी भएका छन्। नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी भएका छन्।
 |  सोमबार, असोज ३, २०७९

बीबीसी

बीबीसी

सोमबार, असोज ३, २०७९

काठमाडौं- बेलायती महारानी एलिजाबेथ द्वितीयाको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बेलायतको राजधानी लण्डनस्थित प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा ब्रिटेनमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्‍न भएको बीबीसीले जनाएको छ।

बेलायती महारानीको अन्तिम संस्कार चलिरहँदा देशभर दुईमिनेट मौन धारण गरिएको थियो। सो क्रममा बेलायतको राष्ट्रिय धुन पनि बजाइएको थियो। 

उनको अन्त्येष्टिमा विश्वका विभिन्न देशका नेता, बेलायतका राजपरिवारका सदस्य, राजनीतिज्ञ, चर्चका प्रतिनिधि र विभिन्न क्षेत्रका व्यक्ति गरी २ हजार जना सहभागी भएको बताइएको छ। 

बेलायती महारानीको अन्तिम संस्कारमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चीनका उपराष्ट्रपति वाङ्न छिसन, भारतकी राष्ट्रपति द्रौपदी मुर्मु लगायत विश्वका शीर्ष नेता सहभागी भएका छन्। नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी भएका छन्। 

उनको शव यसअघि ९०० वर्ष पुरानो बेस्टमिनिस्टर हलमा राखिएको थियो। परराष्ट्रमन्त्री खड्का उक्त हल पुगेर आइतबार शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए। चिसो रातको समयमा पनि घण्टौं लामबद्द भएर थुप्रैले बेलायती महारानी एलिजाबेथलाई वेस्टमिनिस्टर हल पुगेर श्रद्धाञ्‍जली अर्पण गरेका थिए।

Metro Mart
worldlink

 महारानीको शव पेटिका वेस्टमिन्स्टर एबीमा प्रवेश गर्दा भजन मण्डलीले सङ्गीतबद्ध ढङ्गले श्लोकहरू गाएका थिए जुन परम्परा १८औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चलेको छ। प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थको एक अध्याय पाठ गरिन्।  

एक वरिष्ठ धर्मगुरु आर्चविशप अफ क्यान्टरबरी जस्टिन वेल्बीले उपदेश दिए र गायिका डेम भेरा लिनलाई उद्धृत गर्दै 'वी विल मिट अगेन' (हामी फेरी भेट्नेछौँ) भने। उक्त वाक्यांश कोभिड महामारी सुरु भएपछि राष्ट्रलाई गरेका दुर्लभ सम्बोधनमा महारानीले पनि प्रयोग गरेकी थिइन्। 

त्यसपछि एक नितान्त निजी समारोहका माझ सेन्ट जोर्जेज् च्यापलभित्र रहेको किङ जोर्ज छैटौँ स्मृति च्यापलमा महारानीको शवलाई उनका श्रीमान् ड्युक अफ एडिनबराको समाधि रहेको स्थानसँगै समाधिस्थ गरिनेछ। 


 




प्रकाशित: Sep 19, 2022| 20:44 सोमबार, असोज ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।