मंगलबार, वैशाख ३०, २०८२

सरसफाइमा जागरण ल्याउँदैछ विराटनगर

'दैनिक ७० देखि ८० टन हाराहारीमा फोहोर निस्कन्छ। विराटनगर महानगरपालिकाले सफाइ अभियान शुरु गरेपछि विभिन्न क्षेत्रका व्यक्तिहरुको स्वतस्फुर्तमा सहभागिता बढ्दै गएको छ,' प्रधानले बताए।
 |  बिहीबार, भदौ ३०, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, भदौ ३०, २०७९

विराटनगर- प्रदेश १ को राजधानीसमेत रहेको विराटनगर महानगरपालिकामा दैनिक करिब ७० टन फोहोर निस्कने गरेको छ। चाडपर्वका समयमा थप वृद्धि भएर दैनिक ९० टनसम्म पुग्ने गरेको छ। 

फोहोरको मात्रा बढ्दै गएपछि विराटनगर महानगरपालिकाले नगरका चोक, गल्लीमा सरसफाइ अभियान सुरु गरेको छ। कार्यपालिका बैठकबाटै निर्णय गरेर नगरपालिकाले अभियान शुरुवात गरेको हो। भदौ पहिलो साता महानगर प्रमुख नागेश कोइरालाले अभियानको शुरुवात गरेका थिए। पहिलो पटक विराटनगर रथयात्रालाई केन्द्रित गरेर सफाई अभियानको थालनी गरिएको थियो। 

प्रमुख कोइरालाले कुनै पनि ठाउँको पहिचान सरसफाइले निर्धारण गर्ने भएकाले महानगरले सफाइ अभियानलाई प्राथमिकता दिएको बताए। 'बाहिरबाट आउने पर्यटकले झट्ट हेर्दा सहरमा जताततै फोहोर देखे भने उनीहरूमा नकारात्मक असर पर्छ। मन्दिर, मस्जिद र सार्वजनिकस्थलमा भिख माग्ने, फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई पनि तीव्रता दिएको छ,' उनले भने। 

महानगरका १९ वडालाई ३ भागमा वर्गीकरण गरेर अभियान चलाइएको छ। उत्तरी क्षेत्र, मध्य क्षेत्र र दक्षिणी क्षेत्र गरेर हरेक साताको शुक्रबार बिहान ७ बजेदेखि साढे ८ बजेसम्म अभियान सञ्चालन हुने गरेको महानगरका वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताए।  अभियान सुरु भएपछि हरेक साता सहभागिता बढ्दै गएको उनले बताए। उनका अनुसार तीन क्षेत्रमा एकै पटक अभियान सञ्चालन गर्ने गरिएको छ। तीनै वटै क्षेत्रमा महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नेतृत्व लिँदै आएको प्रधानको भनाइ छ। 

उपप्रमुख कार्की झाडु लगाउँदै सडक सफाईमा लागेपछि स्थानीयबासीहरुले उनलाई साथ दिएका थिए। सफाई अभियानले स्थानीयमा जागरण ल्याएको उप्रमुख कार्कीले बताइन्। ‘अभियान निरन्तर चल्ने छ। सडक सफाई शुरु भएपछि सहभागिता बढ्दै जानुले थप हौसला मिलेको छ,' उनले बताइन्।  

Metro Mart
worldlink

प्रकाशित: Sep 15, 2022| 16:54 बिहीबार, भदौ ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।