सोमबार, वैशाख १५, २०८२

मोदीको सर्वशक्तिमान् छवि कहिलेसम्म रहला?

हरतरहले नागरिकमाथि प्रधानमन्त्री मोदीको तस्बिर, भिडियो र ब्यानरको वर्षा गरिइराखिएको छ। नागरिकले चाहे पनि नचाहे पनि यो विषयलाई अनदेखा गर्न सक्ने अवस्था छैन।
 |  बुधबार, भदौ २९, २०७९

सिद्धार्थ भाटिया

सिद्धार्थ भाटिया

बुधबार, भदौ २९, २०७९

करोडौं भारतीयका साथमा तीन वा कम्तीमा पनि दुई प्रमाणपत्र छन्। यसमध्ये एक हो कोभिड खोप कार्ड। यस्ता प्रमाणपत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर अंकित छ। यसको प्रष्ट संकेत के हो भने 'हामी सबै उनकै आशिर्वादका कारण सुरक्षित छौँ'।

पछिल्ला केही दिनयता गणेशको तस्बिर मिडियामा आइरहेका छन्। हिन्दू चाड गणेश चतुर्थीका अवसरमा गणेशको तस्बिर बढी प्रयोग भएको हो। तर गणेशजीको तस्बिरसँगै मोदीको तस्बिरमा पनि देखिई रहेको छ। अखबार, टेलिभिजन र होर्डिङ बोर्डमा गणेशजीसँगै मोदीजीको पनि तस्बिर राखिएको छ। बजारमा मोदीको अनुहार छापिएको साडी बिकिरहेको छ। यति मात्र होइन, कैयौँ पुस्तकका कभरमा पनि उनको अनुहार राखिएको छ। 

पुल, सड़क र युद्धतोपलगायत हरचिजको उद्घाटन मोदीले गरिरहेका छन्। पछिल्ला महिना उनले भुज, केरल र मेंगलुरुमा परियोजनाको उद्घाटन गरेका थिए। यी सबै काम उनले एक्लै गरेजसरी नै उनकै मुखकमलबाट वाणी निस्किरहेका छन्। तर सम्बन्धित विभागका मन्त्रीले मोदीसामु शीर झुकाएर चुपचाप बस्नुपरेको छ। मन्त्रीहरूलाई बोल्ने अवसर मिलिहाल्यो भने पनि मोदीकै कैयौँ गुणको बखान गर्ने काम मात्र गर्छन्। मोदीबाहेक अरु कसैको प्रशंशा गर्ने अधिकार उनीहरूलाई छैन। शासक प्रशंशाका विषयमा उत्तर कोरियाली शासक किम जोङ उनले पनि मोदीबाट धेरै कुरा सिक्न बाँकी छ। 

भारतका मन्त्रीहरूले कसरी प्रधानमन्त्री मोदीका लागि काम गरिरहेका छन् भन्ने कुरा प्रष्ट हुनका लागि पछिल्लो एउटा उदाहरण हेरौँ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले राशन दोकानमा मोदीको ब्यानर नटाँगेका कारण तेलंगाना एक जिल्लाका कलेक्टरलाई चेतावनी दिइन्। चामलमा दिइरहेको अनुदानको ठूलो हिस्सा केन्द्र सरकारले व्यहोरिरहेको भन्दै उनले मोदीको ब्यानर राख्नका लागि चेतावनी दिएकी थिइन्। नागरिकलाई यति ठूलो सहयोग गर्ने मोदीलाई त्यसको श्रेय दिनुपर्ने उनको भनाइ थियो। 

उनीहरूलाई बोल्ने अवसर मिलिहाल्यो भने पनि ती मोदीकै कैयौँ गुणको बखान गर्ने काम मात्र गर्छन्। मोदीबाहेक अरु कसैको प्रशंशा गर्ने अधिकार उनीहरूलाई छैन। शासक प्रशंशाका विषयमा उत्तर कोरियाली शासक किम जोङ उनले पनि मोदीबाट धेरै कुरा सिक्न बाँकी छ। 

तर वित्तमन्त्री सीतारमणको उक्त दाबी र चेतावनीभन्दा वास्तविकता धेरै फरक छ। चामलमा नागरिकले पाएको अनुदान करदाताको गोजीको पैसा हो। यो वास्तविकता सीतारमणको सोचभन्दा बाहिरको विषय बनेको छ। उनका हिसाबमा त नागरिकलाई चामलमा दिइएको अनुदान प्रधानमन्त्रीको महान् हृदयका कारण मात्र सम्भव भएको हो। 

Metro Mart
worldlink

नरेन्द्र मोदीको दैवीकरण पूरा भइसकेको छ। उनी सर्वव्यापी र सर्वशक्तिशाली मात्र छैनन्, सर्वज्ञ पनि भएका छन्। नागरिकको जीवनबारे उनलाई थाहा नभएको कुनै कुरा छैन। उनी सबै कुरा जान्दछन्। आधार कार्डको प्रयोग विस्तार गरेपछि यो कुराको सुनिश्चितता भएको छ। मोदी घरका काका, मामा वा फुपूजसरी नै बालबालिकालाई परीक्षाका विषयमा उपदेश दिइरहेका छन्। ज्ञानी, कुशल रणनीतिकार, राजनीतिक प्रचारक र दुनियाका महान् नेताजस्तै उनी मन्त्रणा/वन्दना गर्नैपर्ने विश्वनेता बनाइएका छन्। उनलाई एक सामान्य राजनीतिज्ञको स्तरबाट कैयौँ गुणामाथि उठाएर 'सुपरम्यान'को श्रेणीमा पुर्‍याइएको छ। मोदीसँग शक्ति मात्र छैन, ज्ञान र बुद्धिमत्ताका पनि जिउँदा प्रतीक उनै हुन् भनेजसरी प्रचार गराइराखिएको छ। 

प्रकाशित: Sep 14, 2022| 22:08 बुधबार, भदौ २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...