बुधबार, वैशाख १७, २०८२

कृष्णनगर भन्सारको गस्ती टोलीद्वारा ५४ अवैध खसीबोका नियन्त्रण

शिवराज नगरपालिका–२ हल्लानगरबाट गए राति पिकअपमा लोड गरी चन्द्रौटातर्फ ल्याउँदै गरेको अवस्थामा ५४ वटा अवैध खसीबोका नियन्त्रणमा लिइएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले ५४ वटा अवैध खसीबोका नियन्त्रणमा लिएको छ। जिल्लाको शिवराज नगरपालिका–२ हल्लानगरबाट गए राति पिकअपमा लोड गरी चन्द्रौटातर्फ ल्याउँदै गरेको अवस्थामा ५४ वटा अवैध खसीबोका नियन्त्रणमा लिइएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ। 

भन्सार नगरी भारतबाट लुकाइछिपाइ ल्याइएको रु एक  लाखभन्दा बढी मूल्य पर्ने अवैध खसीबोका अनुगमन टोलीले नियन्त्रणमा लिएको हो। पछिल्लो समय जिल्लाको विजयनगर गाउँपालिकामा रहेको नेपाल–भारत सीमामा खसीबोकालगायत अन्य तस्करी खुलारूपमा भइरहेको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको कृष्णनगर भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलले बताए।

एक हप्ताअघि मात्र सोही स्थानबाट ५० भन्दा बढी अवैध खसीबोका बरामद गरिएको भन्सार प्रमुख पौडेलले जानकारी दिए। महाराजगञ्ज क्षेत्रबाट दुई पिकअपमा लोड गरी लैजाँदै गरेको अवैध ५० खसीबोका गएको मंगलबार नियन्त्रणमा लिइएको भन्सार कार्यालले जनाएको छ।

हल्लानगरमा समातिएको खसीबोका कहाँबाट ल्याएको भन्‍ने विषयमा अनुसन्धान भइरहेको भन्सारले जनाएको छ। हल्लानगर नजिकै रहेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडा, इलाका प्रहरी कार्यालय गणेशपुर र सशस्त्र बेस क्याम्पसमेत हुँदाहँुदै कसरी भारतबाट ल्याइयो भन्नेबारे अनुसन्धान भइरहेको छ।

खुला सिमानाका कारण खसीबोका तस्कर गर्ने गिरोह चाडपर्वको समयमा सक्रिय भएको पाइन्छ। बडादसैँ नजिकिँदै गर्दा अवैध खसीबोका ठूलो मात्रामा भित्रिरहेको स्थानीयवासी कृष्ण रैदासले बताए। 

Metro Mart
worldlink

सिमाना क्षेत्रमा सुरक्षा पोष्ट हुँदा पनि तस्करले झुक्याएर ठूलो मात्रमा खसीबोका नेपाल भित्र्याउने गरेको पाइन्छ। जिल्लाको विजयनगर क्षेत्रमा प्रहरी कार्यालय गणेशपुर, सशस्त्रको सीमा सुरक्षा पोष्ट डालपुर तथा सीमा सुरक्षा पोष्ट जवावैराठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध चोरी निकासी नियन्त्रणमा लागेको जनाएको छ।

प्रकाशित: Sep 11, 2022| 23:25 आइतबार, भदौ २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।