शुक्रबार, वैशाख १९, २०८२

लेटाङबाट सम्पर्कविहिन तीन बालिका विराटनगरमा भेटिए

मोरङको लेटाङबाट शनिबार बिहान सम्पर्कविहीन भएका तीन बालिका विराटनगरमा फेला परेका छन्। सम्पर्कविहीन बनेको २४ घण्टापछि उनीहरु फेला परेको प्रहरीले जनाएको छ।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

विराटनगर– मोरङको लेटाङबाट शनिबार बिहान सम्पर्कविहीन भएका तीन बालिका विराटनगरमा फेला परेका छन्। सम्पर्कविहीन बनेको २४ घण्टापछि उनीहरु फेला परेको प्रहरीले जनाएको छ। 

लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राईलाई विराटनगर महानगरपालिका–१४ जतुवास्थित देवी राईको घरमा बिहान ११ बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

प्रहरीले घटनाको जानकारी पाएर खोजी गर्ने क्रममा तीनै जनालाई सकुशल फेला पारी अभिभावकको जिम्मा लगाएको हो। घरबाट भने तीनै जना फुटबल हेर्न भनेर निस्किएको र अभिभावकबाट सम्पर्कविहीन बनेको भन्दै आइतबार विहान प्रहरीमा जानकारी आएको  श्रेष्ठले बताए।

उनका अनुसार सविनाकी आमाको घरमा बालिकालाई फेला पारिएको हो। १२ वर्षअघि आमाले दोस्रो बिहे गरेपछि सविना हजुरआमासँग लेटाङमै बस्दै आएको पाइएको डिएसपी श्रेष्ठले बताए। 

परिवारबाट सम्पर्कविहीन भएका तीनैजना बालिका लेटाङको शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत छन्।

Metro Mart
worldlink

प्रकाशित: Sep 11, 2022| 16:08 आइतबार, भदौ २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।