शुक्रबार, वैशाख १९, २०८२

मोरङको लेटाङमा फुटबल हेर्न निस्किएका तीन बालिका सम्पर्कविहीन

मोरङको लेटाङका तीन बालिका शनिबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। बिहान ११ बजेतिर घरबाट हिँडेका उनीहरु २४ घण्टासम्ममा पनि फर्किएका छैनन्।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

विराटनगर– मोरङको लेटाङका तीन बालिका शनिबार बिहानदेखि सम्पर्कविहीन भएका छन्।  बिहान ११ बजेतिर घरबाट हिँडेका उनीहरु २४ घण्टासम्ममा पनि फर्किएका छैनन्। 

स्थानीय शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राईको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु फुटबल हेर्न भनेर घरबाट निस्किएका थिए। तर गाउँमा कुनै फुटबल प्रतियोगिता नै आयोजना भएको छैन। अभिभावकलाई ढाँटेर घरबाट निस्किएका उनीहरु कहाँ गए भन्नेबारेमा केही पनि खुल्न नसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए।

उनका अनुसार खोजी तीव्र पारिए पनि फेला पार्न सकिएको छैन। घटनाका बारेमा प्रहरीलाई आइतबार बिहानमात्रै जानकारी आएको उनले बताए। हुलिया परिपत्र गरेर तीनै जनाको खोजी जारी राखिएको डिएसपी श्रेष्ठले बताए।

प्रकाशित: Sep 11, 2022| 11:14 आइतबार, भदौ २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।