मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चार्ल्स तृतीय औपचारिक रूपमा बेलायतको राजा घोषित, सम्बोधनमा के भने?

चार्ल्स तृतीय औपचारिक रूपमा बेलायतको राजा घोषित, सम्बोधनमा के भने?

सो परिषद्मा शाही परिवार, प्रधानमन्त्रीलगायत सदस्य हुन्छन्। घोषणापछि त्यसमा हस्ताक्षर गरिएको छ। समारोहमा पूर्वप्रधानमन्त्रीहरु गोर्डन ब्राउन, ठरिसा मे, डेविड क्यामरुनलगायत उपस्थित थिए।
 |  शनिबार, भदौ २५, २०७९

बीबीसी

बीबीसी

शनिबार, भदौ २५, २०७९

लन्डन-  महारानी एलिजावेथ द्वितियाको निधनपछि उनका छोरा चार्लस तृतीय औपचारिक रूपमा राजा घोषित भएका छन्। महारानी एलिजावेथ द्वितियाको निधनपछि नै उनले राजगद्दी सम्हाले पनि शनिबार सेन्ट जेम्स प्यालेसमा पदारोहण परिषदको उपस्थितिमा उनी राजा भएको घोषणा गरिएको हो।

उनलाई राजा घोषित गर्नुभन्दा अगाडि महारानी एलिजावेथ द्वितीयको निधन भएको औपचारिक घोषणा गरिएको थियो।

सो परिषद्मा शाही परिवार, प्रधानमन्त्रीलगायत सदस्य हुन्छन्। घोषणापछि त्यसमा हस्ताक्षर गरिएको छ। समारोहमा पूर्वप्रधानमन्त्रीहरु गोर्डन ब्राउन, ठरिसा मे, डेविड क्यामरुनलगायत उपस्थित थिए।

दस्तावेजमा हस्ताक्षरअघि सो स्थानमा उपस्थित करिब २ सय गन्यमान्यले ‘गड सेभ द किङ’ भनेका थिए।

राजा चार्ल्स तृतीयले राष्ट्र र राष्ट्रमण्डलका नाममा सम्बोधनसमेत गरेका छन्। उनले भनेका छन्, 'म आज तपाईँहरूसँग गहिरो दुखका साथ बोलिरहेको छु। आफ्नो जीवनभर महामहिम महारानी- मेरी प्यारी आमा- म र मेरो सम्पूर्ण परिवारका लागि एक प्रेरणा र उदाहरण हुनुहुन्थ्यो। हामी उहाँको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी ऋणी छौँ।' 

Metro Mart
worldlink

सम्बोधनका क्रममा राजा चार्ल्सले हारानी एलिजाबेथको जीवन सार्थक रहेको उल्लेख गर्दै महारानी एलिजावेथले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गरेको पनि बताएका छन्। उनले थपे, 'जीवनभर सेवा गर्ने उहाँको प्रतिबद्धता म आज तपाईँहरूका अगाडि दोहोर्‍याउन चाहन्छु। मेरो सम्पूर्ण परिवारमा गहिरो शोक परेको छ। सँगसँगै हामी संयुक्त अधिराज्यका यति धेरै तपाईँहरूसँग उहाँ राष्ट्रप्रमुख रहेका सबैदेशहरू, राष्ट्रमण्डल र विश्वभरसँग मेरी आमाले ७० वर्ष भन्दा लामो समयदेखि यति धेरै देशका मानिसको सेवा गरेकोमा कृतज्ञता बाँड्न चाहन्छौँ।'

जब महारानीले गद्दी सम्हालिन् बेलायत र सारा विश्व दोस्रो विश्वयुद्धको र त्यसपछिको दुष्परिणाम भोगिरहेको थियो र पुरानै परम्परामा बाँचिरहेको थियो। गत ७० वर्षको दौरान हामीले हाम्रो समाज विविध संस्कृति र विश्वासमा परिवर्तन भएको देखेको पनि उनले बताए। भने, 'बदलामा राज्यका अङ्गहरू परिवर्तित छन्। तर सबै परिवर्तन र चुनौतीहरूबीच हाम्रो राष्ट्र र हाम्रो क्षेत्रका वृहत् परिवार- जसको प्रतिभा परम्परा र उपलब्धिप्रति म व्यक्त गर्नै नसक्नेगरी गौरवान्वित छु- को प्रगति र उन्नति भएको छ। हाम्रा मूल्य मान्यता उस्तै छन् र रहिरहनुपर्छ।'

उनले आफ्नो जीवन नयाँ जिम्मेवारी निर्वाह गर्दा अवश्य पनि परिवर्तित हुने बताउँदै भने, 'मैले असाध्यै मन पराउने मुद्दा र परोपकारी कामका लागि मैले मेरो धेरै समय र ऊर्जा दिन सम्भव हुनेछैन। तर मलाई थाहा छ यो महत्त्वपूर्ण कामको जिम्मेबारी अरूका विश्वसनीय हातमा जानेछ।'

उनले पत्‍नी क्यामिलियाको पनि प्रशंसा गरेका छन्। भने, 'यो मेरो परिवारको लागि पनि परिवर्तनको समय हो। म मेरी प्यारी पत्नी क्यमिलाको प्रेमिल सहयोगमा भरोसा गर्छु। सत्र वर्ष पहिले हाम्रो विवाहका बेलादेखि उनी आफ्नै वफादार सार्वजनिक सेवाको मान्यतामा मेरी क्वीन कन्सोर्ट बनिन्। मलाई थाहा छ- म उनको नयाँ भूमिकाको कर्तव्यप्रतिको अटल समर्पणमा अति भर परेको छु।'

उनको उत्तराधिकारीको रूपमा विलियमले अब स्कटिश उपाधिहरू ग्रहण गर्नेछन्। ड्यूक अफ कोर्न्वलका रूपमा उनले चार्ल्स उत्तराधिकारी हुनेछन् र डची अफ कोर्न्वलको जिम्मेवारी लिनेछन्। जुन जिम्मेवारी चार्ल्सले पाँच दशक भन्दा बढी समय निभाएको छन्।

"आज म उनलाई प्रिन्स अफ वेल्स, टुवासो कुम्री, बनाउन पाउँदा गौरवान्वित भएको छु। त्यो उपाधि मैले मेरो जीवन र कर्तव्यको अधिकांश अवधिमा वहन गर्ने सौभाग्य पाएको छु,' उनले भने। 

उनले ह्यारी र मेगनलाई पनि सम्झिएका छन्। भने, 'म विदेशमा बसेर आफ्नो जीवन अघि बढाइरहेका ह्यारी र मेगनप्रति स्नेह व्यक्त गर्न चाहन्छु।'


प्रकाशित: Sep 10, 2022| 15:43 शनिबार, भदौ २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।