मंगलबार, वैशाख १६, २०८२

वीपीको साहित्यमा नारी मनोविज्ञान

वीपी कोइरालालाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भनेर पढाइयो। अनि पढियो पनि त्यसैगरी। विश्वविद्यालयका कक्षाहरुमा पनि उहाँलाई मनोविश्लेषणात्मक साहित्यकारका रुपमा पढाइएको छ।
 |  शुक्रबार, भदौ २४, २०७९

साधना प्रतीक्षा

साधना प्रतीक्षा

शुक्रबार, भदौ २४, २०७९

वीपी कोइरालालाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भनेर पढाइयो। अनि पढियो पनि त्यसैगरी। विश्वविद्यालयका कक्षाहरुमा पनि उहाँलाई मनोविश्लेषणात्मक साहित्यकारका रुपमा पढाइएको छ। तर वीपी कोइरालाका साहित्यमा त्यति मात्र छैन। वीपी कोइरालाले नेपाली साहित्यलाई नयाँ बाटोमा डोर्याउनुभएको छ। वीपी कोइरालाका सबै कृतिमा नारीवाद अर्थात् नारी मनोविज्ञानलाई उठाइएको छ। वीपी कोइरालालाई सबैले मनोविश्लेषणात्मक साहित्यकारका रुपमा मात्र चर्चा गरेको पाइन्छ।

वीपीका कृतिमा देखिएको नारी मनोविज्ञान र नारीवादलाई चर्चामा नै ल्याइएको छैन। वीपी कोइरालाका साहित्यमा यौन मनोविज्ञान पाइन्छ भनेर बढी चर्चा गरियो। उहाँको व्यक्तित्वबाट त्रसित भएकाहरुले वीपीका साहित्यलाई बढी यौन मनोविज्ञानसँग मात्र जोडेर व्याख्या गरे। त्यही भएर उहाँको साहित्यलाई ओझेलमा पार्ने काम भएर। वीपीका साहित्यलाई अश्लिलतासँग जोडिएको छ भन्ने बढी प्रचार भयो भन्ने लाग्छ। 

वीपी कोइरालाले नेपाली साहित्यमा मनोविश्लेषणका साथै नारीवादी चिन्तन पनि भित्र्याउनुभएको छ। वीपी कोइरालाको पहिलो कथा जुन शारदा पत्रिकामा प्रकाशित भएको थियो। त्यो चन्द्रवदन नामको कथा १९९२ मा प्रकाशित भएको हो। चन्द्रवदनलाई हामीले पहिलो मनोविश्लेषणात्मक कथा भनेर पढ्यौं, पढायौं। तर चन्द्रवदन पहिलो नारीवादी चिन्तन बोकेको कथा हो।


त्यो कथामा एउटा नवयौवना चन्द्रवदन जसको पति जेल परेको छ। जेलबाट कहिले आउने भन्ने टुंगो छैन। जेलबाट कहिले आउने भन्ने टुंगो नहुँदा छटपटी छ उसमा। सँगै रहेको अर्को घरबाट एउटा युवकले हेरिरहेको हुन्छ।  यहाँ एउटा मौन प्रश्न पाइन्छ। यदि चन्द्रवदनको ठाउँमा उसको पति भएको भए के गर्थ्यो प्रश्न देखिन्छ। पितृसत्तात्मक समाजमा महिला र पुरुष दुवै एउटा सिक्काका दुई वटा पाटा भने पनि त्यो भनाइमा मात्र सीमित छ । त्यही भएकाले वीपी कोइरालाले चन्द्रवदनमा यही तथ्य उल्लेख गर्नुभएको छ। 

Metro Mart
worldlink

वीपी कोइरालाको अर्को कृति भनेको तीन घुम्ती हो। तीन घुम्ती पनि सशक्त नारीवादी चिन्तन भएको उपन्यास हो। यस्तो सशक्त नारीवादी कृति नेपाली सहित्यमा छैनन्। अनि इन्द्रमाया जस्तो सशक्त र विद्रोही चरित्र भएको पात्र नेपाली साहित्यमा देखिएको छैन। आजभन्दा झण्डै एक शताब्दी अगाडिको समाजमा इन्द्रमाया जस्ता पात्रलाई अगाडि सारेर महिलाको वरण स्वतन्त्रता, आत्मनिर्णयको अधिकारका बारेमा कुरा उठाइएको छ। सतित्व महिलाको विषय हो, यो पुरुषको चासोको विषय हैन भन्ने कुरा वीपी कोइरालाले उठाउनुभएको छ। यो भन्दा सशक्त नारीवाद के हुन सक्छ? एक शताब्दी अगाडिको समाजमा एक महिलाले आफ्नो पतिले सतित्वको प्रश्न उठाउँदा सतित्व मेरो विषय हो, सतित्व पुरुषको विषय होइन भनेर तीन घुम्तीमा इन्द्रमायालाई पात्र बनाएर वीपीले उठाउनुभएको छ। 

वीपी कोइरालाको मोदी आइन् तथा  हिटलर र यहुदी उपन्यासमा पनि नारीवाद स्पष्ट रुपमा देखिन्छ। मोदी आइन्मा महाभारतकालिन युद्धमा मारिएका सिपाहीहरुका श्रीमतीहरुको यौनिक अधिकारको विषय उठाइएको छ। मोदी आइनमा मातृत्वको विषय समेटिएको छ। युद्धमा सवैभन्दा बढी पीडित महिला हुन्छन् भन्ने देखाइएको छ।

सुम्निमा उपन्यासमा पनि वीपी कोइरालाको नारीवादी चिन्तन देखिन्छ। दुई भिन्न संस्कृतिका पात्रहरुको प्रयोग गरेर वीपी कोइरालाले आर्य संस्कृतिमा पितृसत्तात्मक सोचबाट हेपिएकी महिला पात्रलाई प्रयोग गरेका छन्। त्यसैगरी अर्को किरात संस्कृति जहाँ मातृप्रधान संस्कृतिमा हुर्किएकी सुम्निमा मजाले बाँचेकी छन्। तर आर्य संस्कृतिमा हुर्केकी नारी पात्र पितृसत्तात्मक संकिर्णतामा बाँचेको देखिन्छ। नारी नपुजिने ठाउँमा देवता पुजिदैनन् भन्ने छ। दुई संस्कृतिको तुलना गरेर नारीले सम्मान पाएको  संस्कृति नै उत्तम हो भन्ने देखाइएको छ। 

वीपी कोइरालाको अर्को उपन्यास नरेन्द्र दाइमा पनि महिला र पुरुषबीच विभेदको रेखा कोरिएको पाइन्छ। जसका कारणले गौरी पीडित छ। नरेन्द्रकी प्रेमिका भएर पनि पीडित छ। एउटा पुरुषका पत्नि र प्रेमिका दुई छुट्टाछुट्टै सम्बन्धका दुई स्त्रीहरु बीचको कथा हो। यो कथामा पनि नारीवाद र नारी मनोविज्ञान यथेष्ठ छ। नरेन्द्र दाइमा वीपी कोइरालाले विधवा गौरीलाई रातो कपडा लगाउन लाउनु भएको छ। आज होइन वीपी कोइरालाले नारी अधिकारका लागि नेपाली साहित्यमार्फत त्यो बेला नै विद्रोह गराउनुभएको छ। 

वीपी कोइरालाको मोदी आइन् तथा  हिटलर र यहुदी उपन्यासमा पनि नारीवाद स्पष्ट रुपमा देखिन्छ। मोदी आइन्मा महाभारतकालिन युद्धमा मारिएका सिपाहीहरुका श्रीमतीहरुको यौनिक अधिकारको विषय उठाइएको छ। मोदी आइनमा मातृत्वको विषय समेटिएको छ। युद्धमा सवैभन्दा बढी पीडित महिला हुन्छन् भन्ने देखाइएको छ। यो उपन्यासमा युद्धमा हराइरहेका सिपाहीका श्रीमतीहरुको पिडा समेटिएको छ। उपन्यासमा हराइरहेका सिपाहीहरु आफ्ना प्याराहरुलाई खोज्नका लागि चौध भुवन भौतारिरहेका बताइएको छ भने यस्तै विषय  हिटलर र यहुदीमा पनि उठाइएको छ। यहाँ पनि युद्धको विषय उठाइएको छ। जर्मनीका नारीहरुले खेपेको पीडा हिटलर र यहुदीमा समेटिएको छ। यहाँ पनि युद्धबाट पीडित सिपाहीका श्रीमतीहरुको पीडा उठाइएको छ।

प्रकाशित: Sep 09, 2022| 10:23 शुक्रबार, भदौ २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...