बिहीबार, वैशाख १८, २०८२

सुनसरी १ : कम्युनिष्टको किल्लामा कांग्रेसका धेरै आकांक्षी

सुनसरी क्षेत्र नम्बर एकलाई कम्युनिस्टको गढको रूपमा लिइन्छ। २०४८ सालदेखि नै कम्युनिस्टको किल्ला मानिएको सो क्षेत्रमा कांग्रेसले अहिलेसम्म खाता खोल्न सकेको छैन। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार किरण राई विजयी भए। त्यसयता ०७० र ०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए।
 |  बिहीबार, भदौ २३, २०७९

विनय बाह्रकोटी

विनय बाह्रकोटी

बिहीबार, भदौ २३, २०७९

इटहरी- सुनसरी क्षेत्र नम्बर एकलाई कम्युनिस्टको गढको रूपमा लिइन्छ। २०४८ सालदेखि नै कम्युनिस्टको किल्ला मानिएको सो क्षेत्रमा कांग्रेसले अहिलेसम्म खाता खोल्न सकेको छैन। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार किरण राई विजयी भए। त्यसयता ०७० र ०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए।  

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेससहित, जनता समाजवादी पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका गठबन्धनको कारण नेकपा एमालेलाई समस्या पर्ने देखिएको छ। 

स्थानीय तह निर्वाचनको परिणामले कमजोर बनेको एमालेलाई गठबन्धनले घेराबन्दीमा पारेको छ। गठबन्धनको तर्फबाट उम्मेदवारी दाबी गर्दै कांग्रेसका ५, माओवादीका ३, नेकपा एसले ३ र जसपाका १ जनाको नाम सिफारिसमा परेको छ।

कांग्रेसबाट मीन विश्वकर्मा, लक्ष्मी खतिवडा, उमेश थापा, मिना सुब्बा र चन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ। नेकपा माओवादी बाट मुक्साहाङ मेन्याङबो, किरण राई र फोक्वाहाङ सुब्बाले दाबी गरेका छन्। नेकपा एसले हाल प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, पदममाया लिम्बु र लक्ष्मण चौधरीको नाम सिफारिस गरेको छ।  

आफ्नो पार्टीको मत बढी भएको कारण प्रतिनिधिसभामा आफूहरूले भाग पाउनुपर्ने कांग्रेस प्रदेश महामन्त्रीसमेत रहेका उमेश थापाले बताए। कांग्रेसको मत अन्य दल लाई खन्याउने समस्या हुने भन्दै उनले साना दलको मत कांग्रेसमा ल्याउनुपर्ने धारणा राखे।

Metro Mart
worldlink

नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ संगठनको अवस्थालाई हेरेर भागबन्डा पाउनुपर्ने उनले बताउँछन्। कांग्रेसका मतदाता धेरै भएको कारण चुनाव जित्न सहज हुने बताउँदै उनले प्रदेश र प्रतिनिधिसभामा मिलाएर लैजाँदा चुनाव सौहार्दपूर्ण हुने प्रस्ट पारे। 

आफूहरूले सुनसरीमा एउटा क्षेत्र पाउनुपर्ने मागसहित दाबी प्रस्तुत गरिएको फोक्वाहाङ सुब्बाले बताए। प्रदेश १ कमिटी सदस्य तथा धरान उपमहानगरपालिकाका इन्चार्जसमेत रहेका उनी प्रदेशमा व्यवस्थापन भए पनि आफूहरू मान्न तयार रहेको धारणा राखे। 

माओवादीको मत बढाउन केही दिन अगाडी पार्टी अध्यक्ष प्रचण्ड स्वयं धरान पुगेर वृक्षारोपण कार्यक्रममा सहभागी भए। स्वतन्त्र उम्मेदवार भएर विजयी भएका हर्कराज साम्पाङको लोकप्रिय मतलाई अकर्षित गर्न मेयर साम्पाङको अभियानमा सहभागी भए। 

तर, जसपाको एकल सिफारिसमा परेका अशोक राईले भने चुनावी अभियान सुरु गरेका छन्। यसअघि संघीय समाजवादी र कांग्रेसबीच तालमेल हुँदा उनै राई उम्मेदवार भएका थिए। नेकपा एमालेका उम्मेदवार जयकुमार राईसँग पराजित भएका उनी पुनः बदला दिने दाउमा छन्। यस पटक माओवादी केन्द्रको पनि साथ पाएका उनले एमाले विभाजनले फाइदा पुग्‍ने बताए। 

विगतका चुनावी परिणामले कम्युनिस्ट गढ कहलिएको सुनसरी एकमा एमालेलाई यस पटक चुनौती बढेको छ। गठबन्धनको कारण माओवादी केन्द्रको पनि मत थपिने भएपछि जित सुनिश्चित भएको जसपाका नेता अशोक कुमार राईको दाबी छ। विगतमा धरानमा एमालेलाई सङ्गठित गर्न भूमिका खेलेका, एमालेकै केन्द्रीय उपाध्यक्ष भइसकेको र राष्ट्रिय राजनीतिज्ञको छवी बनाएको उनी एमालेसँगै प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेका छन्। 

राईको तयारीको आधारमा प्रतिनिधिसभा जसपाको भागमा राखेर प्रदेशसभाका दुई क्षेत्रमा माओवादी र कांग्रेसको भागबन्डा हुने देखिन्छ। 

प्रकाशित: Sep 08, 2022| 20:16 बिहीबार, भदौ २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।