बिहीबार, जेठ २, २०८२

चितवनमा संघ र प्रदेश गरी ६ सिट पाउनुपर्ने कांग्रेसको दाबी

कांग्रेस चितवनले बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा जिल्ला सभापति राजेश्वर खनालले गठबन्धबाट संघ र प्रदेश गरेर ६ वटा क्षेत्र कांग्रेसले पाउनुपर्ने दाबी पेश गरेको बताए। चितवनमा हाल ३ संघीय निर्वाचन क्षेत्र र ६ प्रदेश निर्वाचन क्षेत्र रहेका छन्। ती मध्ये कुन-कुन क्षेत्र कांग्रेसले पाउनुपर्ने भन्‍ने निर्णय गठबन्धनले गर्ने उनले बताए।
 |  बिहीबार, भदौ २३, २०७९

निशा श्रेष्ठ

निशा श्रेष्ठ

बिहीबार, भदौ २३, २०७९

भरतपुर- नेपाली कांग्रेस चितवनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा जिल्लामा दुई संघीय क्षेत्र र चार प्रदेशको क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवार हुनुपर्ने दाबी गरेको छ। 

कांग्रेस चितवनले बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा जिल्ला सभापति राजेश्वर खनालले गठबन्धबाट संघ र प्रदेश गरेर ६ वटा क्षेत्र कांग्रेसले पाउनुपर्ने दाबी पेश गरेको बताए। चितवनमा हाल ३ संघीय निर्वाचन क्षेत्र र ६ प्रदेश निर्वाचन क्षेत्र रहेका छन्। ती मध्ये कुन-कुन क्षेत्र कांग्रेसले पाउनुपर्ने भन्‍ने निर्णय गठबन्धनले गर्ने उनले बताए। चितवनको क्षेत्र नं ३ मा गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चुनाव लड्ने उद्घोष गरिसकेका छन्। 

यस्तो अवस्थामा  नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्याम कुमार घिमिरे प्रचण्डले रोजेको क्षेत्र कांग्रेसले स्वत: छाड्न तयार हुनुपर्ने तर्क राख्छन्। पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले पाँच दलीय गठबन्धनका शीर्ष नेता रोजेका ठाउँ व्यवहारिक रुपमै छाड्नुपर्ने बाध्यता हुने सुनाए। 'प्रचण्ड हाम्रो गठबन्धनको प्रमुख नेता हो। केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णय भइसकेको छ। गठबन्धन गर्ने भनेर यो परिस्थतिमा पाँच दलका केन्द्रीय अध्यक्षले रोजेका ठाउँ चाहेर पनि रोक्न सक्दैनौं,' उनले भने।

चितवन ३ मा कांग्रेसीले आफ्नो चुनाव चिह्‌नमा भोट हाल्न नपाउँदा चुनाव चिह्न नै बिर्सर्ने अवस्था आउला नि भन्‍ने? पत्रकारको प्रश्नमा अधिकारी थप्छन्, 'नेपाली कांग्रेसले ३० वर्ष पञ्चायतकालमा भोट हालेन त्यतिबेला पनि कांग्रेस मरेन। आज एक-दुईवटा चुनावमा भोट हाल्न नपाउँदैमा बिर्सने भन्‍ने हुँदैन।' 

यता चितवनको क्षेत्र नं ३ बाट संघीय सांसदको आंकाक्षी रहेका पूर्वसांसद रामकृष्ण घिमिरे पनि गठबन्धनको केन्द्रीय समितिले गर्ने निर्णय मान्‍नुको विकल्प नरहेको बताउँछन्। 'स्वभाविक रुपमा म चितवन-३ बाट दाबेदार हुँ तर हाम्रो केन्द्रीय समिति र गठबन्धनले जे निर्णय गर्छ, त्यो स्वीकार गर्नुपर्छ,' उनी भन्छन्। 

Metro Mart
worldlink

नेपाली कांग्रेस चितवनका पूर्वअध्यक्ष जितनारायण श्रेष्ठ जिल्लामा आफूहरुले दुई वटा संघीय र चार वटा प्रदेश निर्वाचन चाहिन्छ भनेर प्रचण्डलाई समेत जानकारी गराइसकेको बताउँछन्। चितवन क्षेत्र नं २ बाट संघीय सांसदको उम्मेद्वारीको दाबी गर्दै आएका उनले व्यक्तिगत हिसाबले भन्दा पनि गठबन्धको निर्णयअनुसार आफू अगाडि बढ्ने बताए। 

प्रकाशित: Sep 08, 2022| 18:44 बिहीबार, भदौ २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।