मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सन्दीपलाई क्यानले वकिल उपलब्ध गराउने, मुद्दा दायर नभएसम्म 'पर्ख र हेर'को अवस्थामा

सन्दीपलाई क्यानले वकिल उपलब्ध गराउने, मुद्दा दायर नभएसम्म 'पर्ख र हेर'को अवस्थामा

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जबरजस्ती करणी आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान)लाई गुहारेका छन्।
 |  बिहीबार, भदौ २३, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जबरजस्ती करणी आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान)लाई गुहारेका छन्।

लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका हुन्। हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन्। 

नेपाल समयसँग क्यानका सचिव प्रशान्त विक्रम मल्लले भने, ‘फोनमा सन्दीपले कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्नुभएको छ। हामीले बुधबार बेलुकी क्यानमा अनौपचारिक छलफल गरेका थियौं। अहिले नै क्यानले उनीमाथि कुनै कारबाही गर्दैन। हामी घटनाको वस्तुस्थिति हेरेर पर्ख र हेरको अवस्थामा छौं।’ क्यानले कानुनी उपचारका लागि सन्दीपलाई वकिल उपलब्ध गराउन सक्ने उनले जनाए।

उनले थपे, ‘सन्दीपविरुद्ध अहिलेसम्म जाहेरी दर्ता मात्र भएको छ। प्रहरीले मुद्दा चलाइसकेको अवस्था छैन। हामी कानुनी प्रकृया हेरिरहेका छौं। सन्दीप राष्ट्रिय टिमको कप्तान भएका कारण उहाँप्रति क्यानको पनि जिम्मेवारी रहन्छ।’

सन्दीप देशबाहिर खेलिरहने भएका कारण उनलाई कानुनी उपचारमा अड्चन नआओस् भन्नका लागि मात्र क्यानले कानुनी रुपमा केही सहयोग गर्न सक्ने मल्लले स्पष्ट पारेका छन्।

Metro Mart
worldlink

१७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी मंगलबार गौशाला प्रहरी वृत्तमा दर्ता गरेकी थिइन्। सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यानले पनि विभिन्न व्यक्ति र संस्थासँग परामर्श  लिइरहेको जनाएको छ। 

प्रकाशित: Sep 08, 2022| 10:46 बिहीबार, भदौ २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।