बुधबार, साउन २९, २०८२

आजको राशिफल [२०७९ भदौ २१]

आज २०७९ भदौ २१ गते तदनुसार ६ सेप्टेम्बर २०२२ मंगलबार। आज भदौ शुक्ल दशमी तिथि हो।
 |  मंगलबार, भदौ २१, २०७९

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

मंगलबार, भदौ २१, २०७९

आज २०७९ भदौ २१ गते तदनुसार ६ सेप्टेम्बर २०२२ मंगलबार। आज भदौ शुक्ल दशमी तिथि हो।

मेष
भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ। स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्नसक्छ। ठूलाबडाको आशीर्वादले भने काम बन्नसक्छ।

वृष
रोकिएका काम पुनः सुरु हुन सक्छन्। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्।

मिथुन
आजको दिन मन प्रसन्न रहने र महत्त्वाकाङ्क्षा बढ्नेछ। समाज सेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ। नयाँ कार्यको थालनी समेत हुनेछ।

कर्कट
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ।

सिंह
आज मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला, वैदेशिक काम भने ठीक छ।

कन्या
आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। सामाजिक प्रतिष्ठा कायम राख्न नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।

तुला
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। वैदेशिक क्षेत्रको काम, व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक नै रहनेछ।

वृश्चिक

दिन भाग्यशाली भएर देखा पर्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। केही नयाँ कुरा खरीद गर्न पनि सकिनेछ।

धनु
आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ। परिवारका लागि धेरै समय दिन पाइने छैन र बजार घुम्ने अवसर भने मिल्नेछ।

मकर
छोटो दुरीको लाभदायक यात्रा हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।

कुम्भ
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेत गर्दा अधिक प्रगति हुनेछ। आकस्मिक धन लाभ हुनेछ। तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ।

मीन
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ। एउटै आर्थिक कारोबारमा सफलता पाइएला। केही नयाँ कुरा खरिदमा भने खर्च बढ्न सक्छ। 

प्रकाशित: Sep 06, 2022| 07:04 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।