बुधबार, वैशाख १७, २०८२

सुर्खेतको सालकोटमा शव परीक्षण हुने

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, सालकोटमा शव परीक्षण घर निर्माण भएपछि पश्चिम सुर्खेतमै यो सुविधा थपिएको हो। शव परीक्षण घर नहुँदा यस क्षेत्रका बराहताल गाउँपालिका, पञ्‍चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दाले अनावश्यक सास्ती भोग्‍नुपरेको थियो।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

सुर्खेत- पश्चिम सुर्खेतमा शव परीक्षण घर नहुँदा शव बोकेर वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल पुग्नुपर्ने बाध्यता अब हटेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, सालकोटमा शव परीक्षण घर निर्माण भएपछि पश्चिम सुर्खेतमै यो सुविधा थपिएको हो। शव परीक्षण घर नहुँदा यस क्षेत्रका बराहताल गाउँपालिका, पञ्‍चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दाले अनावश्यक सास्ती भोग्‍नुपरेको थियो। 

शंकास्पद मृत्यु एवं दुर्घटनाबाट भएको मृत्युमा कानुनअनुसार अनिवार्य शव परीक्षण गरिन्छ। प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले आज नवनिर्मित भवनको उद्घाटन गरे। 'पीडामा परेका आफन्तजन शव बोकेर लामो बाटो छिचोल्दै वीरेन्द्रनगर पुग्नुपर्ने बाध्यता हटेको छ, मृतकका आफन्तलाई दोहोरो पीडा थियो,' उनले भने, 'अझ विपन्न परिवारले ऋण, सापटीको जोहो गर्नुपर्ने अवस्था थियो, शवको परीक्षण अब आफ्नै क्षेत्रमा हुने भएको छ।' मन्त्रालयको रु २५ लाख बजेटमा उक्त भवन निर्माण भएको हो। 

पश्चिम सुर्खेतकै बासिन्दासमेत रहेका मन्त्री बुढाक्षेत्रीले विगतमा शव परीक्षण गराउन धेरै सास्ती भोग्नुपरेको अनुभव सुनाउँदै भने, 'कैयन घटनामा हामी सबैले आर्थिक सहयोग गरेर शव परीक्षण गर्न वीरेन्द्रनगर पुर्‍याएका थियौँ, शव परीक्षण ढिला हुँदा गाडी भाडामै बढी खर्च हुन्थ्यो।'

उनले चालू आर्थिक वर्षभित्रै प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई ५० श्ययाको अस्पतालका रुपमा स्तरोन्नति गरिसक्नेगरी मन्त्रालयले बजेट व्यवस्थापन गरेको जानकारी दिए। स्तरोन्नतिका लागि प्रदेश सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ। 

भवन उद्घाटन कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले स्वास्थ्य केन्द्रमा तत्काल विशेषज्ञ जनशक्ति पठाउन मन्त्रीसमक्ष आग्रह गरे। उनले ५० श्ययाको अस्पतालका रुपमा विकास गर्नसके पश्चिम सुर्खेतका बासिन्दा अहिले जस्तो सामान्य स्वास्थ्य समस्या देखिँदा वीरेन्द्रनगर जानुपर्ने बाध्यता हट्ने अपेक्षा व्यक्त गरे।

Metro Mart
worldlink

प्रकाशित: Sep 04, 2022| 22:25 आइतबार, भदौ १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।