शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सुनसरी ३ बाट गच्छदार सर्वसम्मत सिफारिस, अन्य क्षेत्रबाट को भए सिफारिस?

सुनसरी ३ बाट गच्छदार सर्वसम्मत सिफारिस, अन्य क्षेत्रबाट को भए सिफारिस?

जिल्ला कार्यसमितिको आइतबार बसेको बैठकले केन्द्रीय सदस्यद्वयको नाम सर्वसम्मतिले सिफारिस गरेको हो। त्यसैगरी सुनसरी-४ बाट सञ्‍चारमन्त्री कार्की सर्वसम्मत सिफारिस भएका हुन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

इटहरी- नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिले सुनसरी-३ बाट विजय कुमार गच्छदार सर्वसम्मत सिफारिस गरेको छ। जिल्ला कार्यसमितिको आइतबार बसेको बैठकले केन्द्रीय सदस्यद्वयको नाम सर्वसम्मतिले सिफारिस गरेको हो। त्यसैगरी सुनसरी-४ बाट सञ्‍चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सर्वसम्मत सिफारिस भएका हुन्।  

२०४८ सालदेखि निरन्तर विजयी हुँदै आएका गच्छदार अन्तिम पटक चुनावी तयारीमा छन्। ललिता निवास प्रकरणका आरोपी रहेका उनी मुद्दा किनारा नलागेसम्म शपथ ग्रहण गर्नबाट वञ्‍चित हुने देखिएको छ। तथापि निर्वाचन लड्ने उनको योजना मुताबिक कांग्रेसको क्षेत्र र जिल्लाले नाम सिफारिस गरेको हो। 

उता २०७४ सालमा पहिलो पटक सुनसरी-४ बाट प्रत्यक्ष चुनाव जितेका कार्कीको नाम पनि एकल सिफारिसमा परेको छ। बहालवाल अर्थमन्त्री भएको बखत चुनाव लडेका उनी यस पटक पनि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको हैसियतमा चुनावी दौडमा छन्। कार्कीले सुरुवातदेखि नै आफ्नो क्षेत्रलाई प्राथमिकतामा राखेका चुनावी गतिविधि बढाइरहेका छन्। 

त्यस्तै सुनसरी क्षेत्र नम्बर १ बाट ५ र २ बाट ३ जनाको नाम सिफारिस भएको छ। सुनसरी १ गठबन्धनमा नेकपा माओवादी केन्द्र वा जनता समाजवादीको भागमा पर्ने आकलनकाबीच ५ जनाले दावेदारी प्रस्तुत गरेका हुन्। जसमा केन्द्रीय सदस्यद्वय लक्ष्मी खतिवडा र मीन बहादुर विश्वकर्मा रहेका छन्। त्यस्तै प्रदेश १ महामन्त्री उमेश थापा सहित चन्द्र प्रसाद श्रेष्ठ र मिना सुब्बाको नाम सिफारिसमा परेको छ। 

२ नम्बर क्षेत्रमा प्रदेश १ संसदीय दलका नेता तथा केन्द्रीय सदस्य राजीव कोइराला, र केन्द्रीय सदस्य राजीव ढुंगाना र वर्तमान प्रतिनिधिसभा सदस्य सिताराम मेहताको नाम सिफारिसमा परेको छ। सुनसरी २ मा प्रदेश माओवादी वा नेकपा (एकीकृत समाजवादी) लाई दिएर प्रतिनिधिसभामा कांग्रेसले उम्मेदवार पाउने आकलन गरिएको छ।  

Metro Mart
worldlink

प्रकाशित: Sep 04, 2022| 19:26 आइतबार, भदौ १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।