बुधबार, वैशाख १७, २०८२

खगराज अधिकारी प्रतिनिधिसभामा पनि सिफारिस

नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीको नाम कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीको नाम कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएको छ। कास्की निर्वाचन क्षेत्र नम्बर १ कमिटीले आइतबार अधिकारीसहित १५ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो।

यसअघि शनिबार उनको नाम कास्की १ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवारमा पनि सिफारिस भएको थियो। प्रतिनिधिसभा सदस्यमा अधिकारीसहित मनबहादुर गुरुङ, दिलीप न्यौपाने, झलकप्रसाद सुवेदी, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना, बैनबहादुर अधिकारी क्षेत्री, कालिदास सुवेदी, हिमालय बख्रेल, पदमप्रसाद पौडेल, बालासिंह काउसा मगर, मिलन सुवेदी, शंकर पौडेल, रामराज अधिकारी, उमा सिंहको नाम सिफारिस भएको छ।

कास्की क्षेत्र नम्बर २ बाट भने विद्या भट्टराई, प्रभा कोइराला, केशव आचार्य र हिरा गिरीको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर ३ बाट पूर्व खेलकुदमन्त्री जगत विश्वकर्मासहित ९ जनाको नाम जिल्ला कमिटीमा सिफारिस भएको छ। उक्त क्षेत्रबाट गणेशमान गुरुङ, देवीप्रसाद सुवेदी, भरतराज पराजुली, पुण्यप्रसाद पौडेल, विवेक त्रिपाठी, सुरेन्द्र भण्डारी, शिव पौडेल, जगन्नाथ बाँस्तोलाको नाम जिल्ला कमिटीमा पठाइएको हो।

२०७४ सालको निर्वाचनमा कास्की-१ बाट खगराज, २ बाट रवीन्द्र अधिकारी र कास्की-३ बाट जगत विश्वकर्मा विजयी भएका थिए। रवीन्द्र अधिकारीको २०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परेर निधन भएपछि २०७६ सालमा उपनिर्वाचिन भएकोमा उनकी पत्नी विद्या विजयी भएकी थिइन् ।

प्रकाशित: Sep 04, 2022| 16:28 आइतबार, भदौ १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।