शुक्रबार, वैशाख १९, २०८२

मोरङका ४ क्षेत्रमा चुनाव लड्न एमालेबाट ५ जना सिफारिस

आगामी मंसिर ६ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले मोरङका ४ वटा क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

विराटनगर– आगामी मंसिर ६ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले मोरङका ४ वटा क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाका लागि सिफारिस हुनेहरुमा पूर्वमन्त्री, संविधानसभा सदस्यदेखि प्याब्सनका पूर्व अध्यक्षसमेत रहेका छन्। क्षेत्रीय समन्वय कमिटीहरुले आइतबार ६ वटै क्षेत्रको नाम सिफारिस गरिसक्ने जनाएका छन्। 

४ वटा क्षेत्रले नाम सिफारिस सकेका छन्। क्षेत्र नम्बर २, ३ र ४ बाट एकल नाम सिफारिस भएको छ। 

क्षेत्र नम्बर २ बाट मोरङ अध्यक्ष तथा संविधानसभा सदस्य ऋषिकेश पोखरेलको एकल नाम सिफारिस भएको छ। ०७० सालको चुनावमा नेपाली कांग्रेसका आमोद उपाध्यायलाई पराजित गरेका पोखरेल २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसँग पराजित भएका थिए ।

क्षेत्र नम्बर ३ बाट स्थायी कमिटी सदस्य भानुभक्त ढकालको एकल नाम सिफारिस भएको छ। क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पूर्वमन्त्रीसमेत रहेका ढकालको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। २०७४ को निर्वाचनमा ढकाल सोही क्षेत्रबाट निर्वाचित सांसद हुन्। उनले कांग्रेसका सुनील शर्मालाई पराजित गरेका थिए। सो क्षेत्रबाट कांग्रेसले शर्माको एकल नाम सिफारिस गरेको छ। 

क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ। ढकाल यसअघि संविधानसभा र विराटनगर महानगरको प्रमुखमा पराजित भएका थिए। क्षेत्र नम्बर ४ बाट उनको एकल नाम सिफारिस भएको क्षेत्रीय समन्वय कमिटीले जनाएको छ। 

Metro Mart
worldlink

क्षेत्र नम्बर ६ बाट एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित र प्याब्सनका पूर्व अध्यक्ष टीकाराम पुरीको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट पण्डितले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पराजित गरेका थिए। सो क्षेत्रबाट पण्डितसँगै पुरीको नाम पनि सिफारिस भएको छ। 

मोरङका क्षेत्र नं. १ र ५ को उम्मेदवार सिफारिस हुन बाँकी छ। १ बाट वर्तमान सांसद घनश्याम खतिवडा र पूर्व मन्त्री स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाङ्फे, र क्षेत्र नं. ५ बाट सामाजिक अभियन्ता योगेन्द्र मण्डलको नाम सिफारिस हुने सम्भावना रहेको एक एमाले नेताले बताए।

प्रकाशित: Sep 04, 2022| 16:09 आइतबार, भदौ १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।