बुधबार, वैशाख १७, २०८२

रुपन्देही–२ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल एकल सिफारिस

नेकपा एमाले रुपन्देहीले निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि विष्णु पौडेलको एकल नाम सिफारिस गरेको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

बुटवल– नेकपा एमाले रुपन्देहीले निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि विष्णु पौडेलको एकल नाम सिफारिस गरेको छ। एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पार्टीका उपाध्यक्षसमेत रहेका पौडेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो।

पौडेल २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर रुपमा यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, बाबुराम भट्टराई र सूर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका युवराज गिरीलाई हराएका थिए। 

२०४८ सालको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका बालकृष्ण खाण विजयी भएका थिए भने २०५१ सालमा एमालेका मोदनाथ प्रश्रितले खाणलाई हराएका थिए। पौडेलमात्रै यस्तो नेता हुन् जो रुपन्देहीको क्षेत्र नम्बर २ (०७४ अघिसम्म निर्वाचन क्षेत्र ४)  लगातार ३ पटक निर्वाचन जित्न सफल भए। 

लगातार जित हासिल गरेकै कारण आफ्नो निर्वाचन क्षेत्रलाई ‘एमाले लाल किल्ला’ का रुपमा उनले परिचित समेत बनाएका थिए। तर, गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले ‘एमाले किल्ला’ भत्काइदिएको छ। पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनबाट प्रतिनिधिसभामा को उठ्छ भन्ने टुंगिएको छैन ।

प्रकाशित: Sep 04, 2022| 13:50 आइतबार, भदौ १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।