बुधबार, वैशाख १७, २०८२

पृथ्वीसुब्बा फेरि प्रदेशमै लड्ने, खगराज पनि प्रदेश झर्ने

नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ फेरि प्रदेशसभामै चुनाव लड्ने भएका छन् भने गण्डकीकै खगराज अधिकारी पनि प्रदेशमा झर्ने भएका छन्।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ फेरि प्रदेशसभामै चुनाव लड्ने भएका छन् भने गण्डकीकै खगराज अधिकारी पनि प्रदेशमा झर्ने भएका छन्।

गुरुङ आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ लमजुङ प्रदेश (ख) बाट सिफारिस भएका छन्। नेकपा एमाले लमजुङको शनिबार बेँसीसहरमा आयोजित पाँचौँ पूर्ण बैठकले गुरुङलाई प्रदेशमा उठाउने निर्णय गरेको हो।

उक्त बैठकले गुरुङसहित एमाले जिल्ला अध्यक्ष रहेका कृष्णप्रसाद अधिकारीलाई पनि सिफारिस गरेको छ। यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालालाई आठ हजार ६६ मतअन्तरले हराउँदै वाम गठबन्धनका उम्मेदवार बनेका गुरुङ प्रदेश सदस्यमा निर्वाचित भएका थिए। गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गरेका थिए।

यता, २०७४ को निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खगराज अधिकारी आगामी निर्वाचनमा प्रदेशमा झर्ने भएका छन्। एमाले स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री अधिकारीले प्रदेश सभातर्फ कास्की क्षेत्र नमबर १ (क) चुनाव लड्ने इच्छा व्यक्त गरेका हुन्।

प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले अधिकारीको नाम सिफारिस गरेको छ। उनीसँगै टीकाराम पंगेनी, विष्णु पुन र तिलकुमारी थापाको नाम सिफरिस भएको छ। अधिकारीलाई मुख्यमन्त्रीका प्रबल दाबेदारको रुपमा हेरिएको छ।

प्रकाशित: Sep 03, 2022| 22:51 शनिबार, भदौ १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।